एस.एस पी. बसन्त लामाको पहिलो एक्सन: काठमाडौंमा गुन्डाराज, यौनधन्दा निस्तेज पार्छु

काठमाडौं, भदौ ४ । महानगरीय प्रहरी परिसर काठमाडौंको ‘कमान्ड’ सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले ‘म्यानुअल पुलिसिङ’लाई विस्थापित गर्दै ‘प्रविधियुक्त पुलिसिङ’को अवधारणा अघि बढाउने बताएका छन् ।
सोमबार परिसरमा पत्रकारहरुसँगको भेटघाटमा उनले काठमाडौंमा मौलाएको गुन्डाराजदेखि यौनधन्दालाई निस्तेज पार्ने बताए । पुलिसको एक्लो प्रयासलेमात्रै शान्ति–सुरक्षा कायम नहुने भन्दै एसएसपी लामाले समाजका सबै पक्षहरुको सहयोग आवश्यक पर्नेमा जोड दिए ।