Logo

सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न पर्यटनमन्त्रीको निर्देशन



काठमाडौँ, ३ भदौ:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चालु आवमा गरिने सम्पूर्ण योजनाबद्ध कार्यको विवरण भदौभित्र पेश गर्न मन्त्रालय मातहत निकायलाई निर्देशन दिनुभएको छ । गत आवमा सञ्चालिन आयोजना÷कार्यक्रमको तेस्रो चौमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले एक महिनाभित्र योजना कार्यक्रम कार्यान्वयनको खाका नल्याए सम्बन्धित निकायका प्रमुख कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पार्नुभयो ।

“भदौ महिनाभित्र आफ्ना निकायमा आएका योजना कार्यान्वयनका लागि के कस्ता प्रक्रिया अपनाउनुपर्ने हो स्पष्ट खाका ल्याउनुस्, सधैँ कार्यान्वयन हुदैँछ भनेर आलटाल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।” उहाँले भन्नुभयो,–योजनाअनुरुप बजेट खर्च नगरिकन अन्तिममा सूचना दिने अधिकारी कारवाहीको भागेदारी हुन्छ । मन्त्री अधिकारीले आगामी एक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनः कालोपत्र (स्तरोन्नति) गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले पर्यटन मन्त्रालय मातहतका निकायको योजना कार्यान्वयनको भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नरहेको भन्दै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभयो । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटकीय पूर्वाधारको रुपमा रहेका निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको कामलाई प्रभावकारी बनाइने तथा पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित गर्ने कार्य अघि बढाइएको जानकारी दिनुभयो । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव गौतम, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतले सञ्चालित आयोजनाको प्रगतिबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार