२०८१, ६ कार्तिक मंगलबार

देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने पत्रकार महासङ्घको माग

देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने पत्रकार महासङ्घको माग


काठमाडौँ, ३ भदौ: नेपाल पत्रकार महासङ्घले मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ लाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग गरेको छ । नेपाल पत्रकार महासङ्घको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले (यही भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग गरेको हो ।

बैठकले संशोधन नभएसम्म सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि संहिताका बुँदाहरु कार्यान्वयन नहुने व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गरेको छ । संहिताको तत्काल संशोधनका लागि महासङ्घले केन्द्र, प्रदेश र जिल्लास्तरबाट विभिन्न दबाबमूलक कार्यक्रम गर्ने निर्णयसमेत बैठकले गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक वृद्धि र सरकारी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनःबहाली गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ५२ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि