२०८१, ७ कार्तिक बुधबार

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो


थिस्सुर, भारत, ३ भदौ: दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ ।

केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् ।

केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन् । बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भन्नुभयो, गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ ।

वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उहाँले भन्नुभयो । मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे । उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ । थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, उहाँले बताउनुभयो । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ११ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि