२०८०, १५ आश्विन सोमबार

शनिबार बिहानदेखि अवरुद्ध महाकाली राजमार्ग पुनःसञ्चालन

शनिबार बिहानदेखि अवरुद्ध महाकाली राजमार्ग पुनःसञ्चालन


बैतडी, ३ भदौ: शनिबार बिहानदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत महाकाली नगरपालिका–७ काँकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानबाट राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आज मध्याह्नदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । लामो प्रयासपछि राजमार्ग सञ्चालन भएको छ, उहाँले भन्नुभयो, “अस्थायीरुपमा सडक सञ्चालन भए पनि वर्षा हुँदा पुनः राजमार्ग अवरुद्ध हुने सम्भावना छ ।”

राजमार्ग सञ्चालन भएपछि जिल्ला भित्रिने तथा बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । सवारीसाधन सञ्चालनमा आएपछि यात्रुलाई आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसअघि पनि मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा पहिरो खस्दा सोमबादेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधबारबाट सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : २७ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका