२०८१, ७ कार्तिक बुधबार

मोरङमा सुधारिएको चुलो वितरण

मोरङमा सुधारिएको चुलो वितरण


विराटनगर, ३ भदौ : खाना पकाउँदा स्वासप्रश्वास रोगवाट झेलिँदै आएको मोरङ जिल्लाको ग्रामीण क्षेत्रका महिला सुधारिएको चुलो प्रयोग गर्न थालेको छन् । विगतमा मोरङ जिल्लाको दक्षिण ग्रामीण क्षेत्रका महिला परम्परागत रुपमा माटो चुलो प्रयोग गरी खाना पकाउने गरेकामा अब उनीहरु इन्धनको बचत हुने सुधारिएको चुलोको प्रयोगमा आकर्षण बढिरहेको छ ।

परम्परागत माटोको चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई मोरङको धनपालथान गाउँपालिकाले सुुधारिएको धुुवाँरहित चुुलो वितरण गरिरहेको छ । दाउरालगायत अन्य इन्धनको कम खापत हुने धुवाँरहित र छिटो मीठो खाना पकाउनका लागि ग्रामीण क्षेत्रका महिलाको पहिलो रोजाइ अब सुधारिएको चुलो रहेको छ ।

यस ग्रामीण क्षेत्रमा लामो समयदेखि परम्परागत चुलो प्रयोग गर्दै बिहान बेलुकी खाना पकाउन एक भारी दाउरालगायत गुइँठा इन्धनका रुपमा प्रयोग गर्दै आएका महिला सुुधारिएको चुुलोतर्फको आकर्षण बढेको हो । परम्परागत चुुलोमा खाना पकाउँदा दाउराको जोहो धेरै गर्नुका साथै त्यसबाट आउनु धुुवाँले महिलाको स्वासप्रश्वासको रोगसमेत लाग्ने गरेको छ ।

स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि यस क्षेत्रका महिला सुुधारिएको चुुलो प्रयोगमा वृद्धि भएको छ । मोरङ धनपालथान गाँउपालिका–४ की बुचिनीदेवी ऋषिदेवले सुधारिएको चुलो प्रयोगबाट इन्धनको कम खपतका साथै स्वास्थ्यमा पनि कम असर परेको बताउनुभयो । सोही वडाकी राधादेवी ऋषिदेवले सुधारिएको चुुलोको प्रयोगबाट कम समयमा मीठो खाना पाक्नुका साथै धुवाँको समस्याबाट मुक्त भएको धारणा व्यक्त गर्नुभयो ।

सुधारिएको चुलोको प्रयोगबाट धुवाँबाट लाग्ने रोगबाट समेत यस क्षेत्रका महिला मुुक्त भएका छन् । धनपालथान गाउँपालिकाले एलपी ग्यास प्रयोग गर्न असक्षम गरिबीका रेखामुनि रहेका महिलाको स्वास्थ्यप्रति सचेत भई गरीब, दलित, एकल तथा अति विपन्न वर्गका ७०० महिलालाई धुवाँरहित सुुधारिएको चुुलो वितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिलाल सिंहले परम्परागत चुलोबाट खाना पकाउँदा यस क्षेत्रमा गरीब महिलालाई स्वास्थ्य समस्या आउन नदिन सुुधारिएको चुुलो वितरण गरेको बताउनुुभयो । उहाँले पहिलो चरणमा ७०० चुुलो वितरण गरेको भन्दै आगामी दिनमा पराम्परगत चुलो प्रयोग गर्ने सबै महिलालाई सुुधारिएको चुलो वितरण गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाले महिलाको स्वास्थ्यप्रति सजग भई इन्धनको बचत, सस्तो र वातावरण अनुुकूलित सुुधारिएको चुुलो वितरण गरिएको अध्यक्ष सिंहको धारणा रहेको छ । वडाध्यक्ष रोशन राजवंशीले यस क्षेत्रका महिलाले खाना पकाउने इन्धनको खोजबिनमा दिनभरि लाग्ने समयको बचत तथा स्वास्थ्यमा असर नगर्नाले सुधारिएको चुलोप्रति महिलाको आकर्षण वृद्धि भएको विचार व्यक्त गर्नुभयो । सुधारिएको चुलो प्रतिथान मूल्य रु दुई हजार २०० पर्छ भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु एक हजार ५००, गाउँपालिकाले रु ४०० अनुदान दिने गरेको छ भने प्रयोग गर्ने उपभोक्ता महिलाले रु ३०० भुक्तानी गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ६ : ११ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि