२०८१, ७ कार्तिक बुधबार

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : अध्यक्ष थापा

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : अध्यक्ष थापा


काठमाडौँ, ३ भदौ :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको बाटो तर्फ अघि बढेको बताउनुभएको छ। राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए ।

उनले अहिलेको असफलता केवल व्यक्तिको असफलता मात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको स्थानमा काँग्रेस सभापति शेर बहादुर देउवा भएको भएपनि परिस्थिति अहिलेको भन्दा दोब्बर खतराको अवस्थामा पुग्ने बताए ।

अध्यक्ष थापाले अहिलेको कमजोरी र असफलता नीतिगत व्यवस्थाको असफलता भएको तर्क गरे । उनले संविधानले दिएको स्वतन्त्रताको अधिकारलाई टेकेर फरक बिचार बोकेर हिँडेको भन्दै अब आफ्नो एजेण्डालाई स्थापित गर्न शसक्त रूपले अघि बढ्नुपर्ने बेला आएको बताए ।उनले राष्ट्रवादीहरूले फुटेर नभई जुटेर अघि बढ्ने बेला आएको उल्लेख गरे ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ५ : १९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि