२०८१, ९ बैशाख आईतबार

फेरियो अदालती कार्यविधि

फेरियो अदालती कार्यविधि


काठमाडौं, ३ भदौ : मुलुकमा नयाँ कानुनसँगै कार्यविधि पनि नयाँ लागू भएका छन् । मुलुकी ऐनको अदालती बन्दोबस्तीमा उल्लिखित महलका प्रावधानबाट चल्दै आएको मुद्दामामिला किनारा लगाउने विधिलाई विस्थापित गरी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिताले प्रविधि प्रयोग, फेरिएको जीवनशैली र कानुनका नवीनतम सिद्धान्तलाई पछ्याएका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

कार्यविधि कानुन भनेको मुद्दाको सुरुआतदेखि फैसला कार्यान्वयनसम्मका नियमको सँगालो हो । अपराध संहिता र देवानी संहिताचाहिँ सारवान कानुन हुन् । सारवान कानुन भन्नाले कुन घटनामा के सजाय हुने भन्ने नियमहरूको सँगालो हो । सारवान कानुन भदौ १ देखिका घटनामा लागू हुन्छ भने कार्यविधि कानुन अदालतमा चलिरहेका सबै मुद्दामा लागू भइसकेको छ ।

हालसम्म प्रचलनमा आएको फौजदारी न्याय व्यवस्थामा पुर्पक्ष थुनामा पर्दा मुद्दाको फैसला नहुन्जेल निर्दोषै भए पनि जेल बसिरहनुपर्ने र दोषी नै भए पनि पुर्पक्षको बहसमा छुटेको भए जेलबाहिरै हुने नियम थियो । यसलाई नयाँ कार्यविधिले परिवर्तन गरेको छ । अब प्राप्त प्रमाणका आधारमा मुद्दा कारबाहीको जुनसुकै अवस्थामा पनि अभियुक्तलाई थुना वा जमानतमा राख्न सकिनेछ ।

अनुसन्धानमा सघाउ पुर्‍याउने अभियुक्तलाई नयाँ कार्यविधिले सजाय छुट हुने व्यवस्था गरेको छ, जसअनुसार आफ्नो कसुर पूर्ण रूपमा स्वीकार गरी साविती बयान दिनेलाई पच्चीस प्रतिशतसम्म सजाय मिनाह हुनेछ । यस्तो साविती बयान दिने व्यक्तिले अपराधसँग सम्बन्धित अन्य मतियार, संगठन वा हातहतियारलगायतको सूचना दिए पचास प्रतिशतसम्म सजाय छुट हुनेछ । मुद्दाको टुंगो नलागुन्जेल तारेख धाइरहनुपर्ने झन्झटिलो प्रक्रियालाई पनि नयाँ कार्यविधिले छोट्याएको छ ।अब प्रमाण बुझिसकपछि अदालतमा तारेखमा नबसे पनि हुने भएको छ । साक्षीलाई दैनिक भत्ता तथा सुरक्षा दिनुपर्ने व्यवस्था पनि कार्यविधि कानुनले गरेको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ३४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने