२०८१, १५ बैशाख शनिबार

नेपालगन्ज चार वर्षभित्र हरियाली शहरमा परिणत हुने, वातावरणमैत्री अभियान शुरु

नेपालगन्ज चार वर्षभित्र हरियाली शहरमा परिणत हुने, वातावरणमैत्री अभियान शुरु


नेपालगन्ज, २ भदौ नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षारोपण लगायतका कार्यक्रम र अभियान शुरु गरिएका हुन् ।

बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पर्ने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा विरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्वद्र्धन गर्ने र सरसफाइलगायतका चेतनामूलक कार्यक्रम भइरहेका छन् ।

गत मंसिर ८ गतेको प्रथम नगरसभाले नै नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर—एक चर्पी, एक व्यक्ति—एक विरुवा र एक ओडा—एक बाल उद्यान बनाउने योजना पािरत गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ । यसैगरी नगरको सुर्खेत सडकखण्डका अधिकांश स्थानमा सामाजिक सङ्घसंस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाले वृक्षारोपणको काम सम्पन्न गरिसकेको जनाएको छ । अभियानलाई यहाँको क्लीन नेपालगञ्ज ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य सङघ, बी गु्रपलगायतका दर्जनौं संस्थाले सघाउँदै आएका छन् ।जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत रोडमा रु २१ लाख बराबरको ट्रिगार्डसहितको विरुवा रोप्ने तयारी भइरहेको छ । सडकबीचको ग्रीनबेल्टमा विभिन्न जातका ३५० वटा विरुवा रोपिने वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले जानकारी दिनुभयो । वृक्षरोपण अभियानमा कालिका कन्सट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि दुई हजार वटा ट्रि—गार्ड सहयोग गरेको छ । अभियान अन्तर्गत नगरका टोलटोलका सडक किनारमा छिट्टै्र विरुवा रोप्न शुरु गरिने बताउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले चार वर्षभित्र नगरलाई हरियाली शहर बनाउने दाबी गर्नुभयो ।

हरियाली अभियान अन्तर्गत एक घर, एक विरुवा रोप्नै पर्ने अनिवार्य व्यवस्थालाई भने अधिकांशले घर निर्माण गर्ने क्रममा पूर्णरुपमा अवलम्वन गरेको पाइएको छैन । यसका सूक्ष्म अध्ययन गरिने र नियम पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवा सुविधाबाट समेत वञ्चित गर्न सकिने नगर प्रमुख राणाको भनाइ छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : १७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने