२०८१, ७ कार्तिक बुधबार

टोलटोलमा प्रहरी अभियान, लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक

टोलटोलमा प्रहरी अभियान, लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक


काठमाडौँ, २ भदौ लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले शनिबार आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान–२०७५’ मा प्रहरी र नागरिक समाज मिले मात्र समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न सकिने बताइएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजमा हुने अपराध रोकथाम गर्न नागरिक समाजको उत्तिकै उत्तरदायित्व रहने बताउनुभयो । “अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले टोलटोलमा प्रहरी अभियानलाई सार्थक बनाउन नागरिक सहकार्य र समन्वयको आवश्यता भएको बताउँदै नागरिक समाजको विश्वास जितेर मात्र समाजमा हुने विकृति तथा विसंगति निर्मूल पार्न सकिनेछ भन्नुभयो ।

सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठले समाजमा शान्तिसुरक्षाको चुनौती थपिँदै गएको अवस्थामा नागरिक समाजको सहयोगमा शान्तिसुरक्षा कायम गर्न सहज हुने बताउनुभयो । सामुदायिक सेवा केन्द्र घट्टेकुलाका अध्यक्ष टङ्क श्रेष्ठ, काठमाडौँ परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशी, सिंहदरबार वृत्तका प्रमुख काजीकुमार आचार्य, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकार लगायतले समाज सुधारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १० : ०४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि