२०८१, ७ कार्तिक बुधबार

जिप्रका दाङ शनिबार पनि खुल्ला, ६ जना सेवाग्राहीले सेवा लिए

जिप्रका दाङ शनिबार पनि खुल्ला, ६ जना सेवाग्राहीले सेवा लिए


दाङ, २ भदौ : नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन कार्यालयबाट ६ जना सेवाग्राहीले सेवा लिएका छन् । तीमध्ये तीन जना नेपाली नागरिकताको प्रमाणपत्र, एक÷एक जनाले राहदानी र सवारी पासको सिफारिश तथा एक जनाले नाम थर प्रमाणित गराएका हुन् ।

प्रजिअ श्रेष्ठले शुक्रबार काम नसकिएर आइतबारसम्म सदरमुकाम बस्नुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य गर्ने र शनिबार समयको पनि सदुपयोग गर्ने गरी आफूले यो नीति ल्याएको जानकारी दिनुभयो । शनिबार सो कार्यालय बिहान ११ देखि २ बजेसम्म मात्र सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १० : ०१ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि