२०८१, ७ कार्तिक बुधबार

दाङ धार्मिक पर्यटनका लागि गन्तव्य बन्यो, पाण्डवेश्वर महादेवमा र विश्वकै अग्लो त्रिशूल पर्यटकको आकर्षण

दाङ धार्मिक पर्यटनका लागि गन्तव्य बन्यो, पाण्डवेश्वर महादेवमा र विश्वकै अग्लो त्रिशूल पर्यटकको आकर्षण


तुलसीपुर, २ भदौ दाङको घोराही धारपानीमा रहेको पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।

पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६।३६० किलोग्राम तामा, १० किलोग्राम काँस र २०४ किलोग्राम पित्तलले बनाइएको छ । उचाइ ५५।५ फिट र ४४ इन्ची गोलाई रहेको त्रिशूलले त्यहाँको थप पर्यटकको आक्रर्षण बढेको स्थानीय बताउँछन् । ऐतिहासिक तथा धार्मिक महत्वले निकै महत्व मानिने धारापानीमा देशका विभिन्न जिल्ला र भारतबाट पनि पर्यटक आउने गरेको पाण्डवेश्वर महादेव धाम सञ्चालक समितिले जनाएको छ ।

पाण्डवेश्वर महादेव धामसम्म सडकको कालोपत्रेसँगै आवतजावत गर्न सजिलो भएको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारणले पनि त्यहाँ जाने जो कोही पनि रमाउने गर्दछन् । यहाँ दैनिक सयौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्दछन् । यहाँको पर्यटन विकास लागि झण्डै रु ९० करोड बढीको गुरुयोजना बनाउन लागिएको धामका सचिव विष्णुराम आचार्यले बताउनुभयो ।

। उहाँका अनुसार सुनकोट डाँडासम्म चार हजार ९६३ सिंडी निर्माण, सुनकोटमा ३१ केजीको काँसको घण्ट निर्माण, मन्दिर वरपरको वन संरक्षणलगायतका काम गरिने छ । प्रदेश नं ५ ले यहाँको विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १२ : ३७ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि