Logo

बागलुङमा पहिरोले मानबहादुरको सहारा खोसियो, भाग्यले नाति विनोद भने बाँच्न सफल



बागलुङ, २ भदौ : अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उहाँको न साथ रह्यो, नत बास नै ।
शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ जानुभएको थियो । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै । श्रीमती र बुहारीको वियोगले छट्पटाइरहनुभएका शाहीका आँखा अझै ओभाएका छैनन् । घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ । माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ । “गोठमा रहनुभएका श्रीमानलाई खर्च छोडी आलु ल्याएर मङ्गलबार घर फर्कनुभएको थियो,” धनकुमारीलाई सम्झदैँ छिमेकी जुनविक्रम शाहीले भन्नुभयो, “बुधबार बिहानै दुःखद् घटना भयो ।”
अवोध नाति लिएर भाइको घरमा बस्नुभएका शाहीको पुर्नबासको लागि तयारी भइरहेको वडाध्यक्ष समेत रहनुभएका उहाँले बताउनुभयो । “श्रमदान जुटाएर घर बनाइदिने योजना छ,” उहाँले भन्नुभयो, “जस्ता, फलाम र अन्य निर्माण सामग्रीको खाँचो छ ।’ अस्थायी प्रकृतिको भए पनि घर बनाएर शाहीको परिवारलाई पुनःस्थापित गर्ने सोच स्थानीयवासीको छ । जिल्ला विपद् व्यवस्थान समिति र गाउँपालिकाले राहत रकम प्रदान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत रकम रु दुई लाख २० हजार र गाउँपालिकाले रु ७५ हजार उपलब्ध गराएको छ । थप राहत जुटाउन पहल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । “शाही परिवारमा परेको दुःख, पीडामा गाउँपालिका साथमा छ’’ उहाँले भन्नुभयो, “तत्कालीन राहत उपलब्ध भएको छ, दिर्घकालीन व्यवस्थापनमा पनि सघाउँछौं ।’’ वडा कार्यालय र गाउँपालिकाकाले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार