२०८१, ७ कार्तिक बुधबार

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौँ, १ भदौ: सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले आज सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “गैरकानूनीरुपमा थुनामा रहेको देखिँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नु ।”

विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विकले गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्नुभएको थियो ।

कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबारनै ४८ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ५६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि