२०८०, ५ आश्विन शुक्रबार

प्रेमीद्वारा प्रेमिकाको हत्या

प्रेमीद्वारा प्रेमिकाको हत्या


उर्लाबारी, मोरङ, १ भदौ : ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुवै जना घुम्न भनेर आज बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरेर प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रेमिकाले आफुलाई धोका दिएर अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको भट्टराईले स्वीकार गरेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै चढेर गएको स्कुटर बरामद गरेको छ ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ६ : ३४ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो