२०८०, ८ आश्विन सोमबार

नयाँ मुलुकी ऐन जारी भएको चौविस घण्टा नहुदै संसोधनको माग, प्रेस स्वतन्त्रताविरोधि ऐन नसच्याए पत्रकार महासंघले आन्दोलन गर्ने चेतवनी

नयाँ मुलुकी ऐन जारी भएको चौविस घण्टा नहुदै संसोधनको माग, प्रेस स्वतन्त्रताविरोधि ऐन नसच्याए पत्रकार महासंघले आन्दोलन गर्ने चेतवनी


काठमाडौं, भाद्र १ । नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता विरोधि प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले शुक्रबारबाट लागू गरिएको नयाँ मुलुकी ऐनका २ सय भन्दा बढि प्रावधान प्रेस स्वतन्त्रताविरोधि रहेको उल्लेख गर्दै तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।

उनले नयाँ मुलुकी ऐनका कतिपय प्रावधान संविधान र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित आएको दावी गर्दै तत्काल नसच्याई महासंघ सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।अध्यक्ष आचार्यले ऐनका सकारात्मक पक्षलाई आफूहरुले विरोध नगरेको पनि स्पष्ट पारे । तर प्रेसविरोध प्रावधान भने हटाउन ढिलाई नगर्न पनि सरकारलाई दवाव दिए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले विद्युतीय कारोबार ऐनको मारमा परेका पत्रकारहरुलाई सरकारले थप पीडा दिने प्रावधानसहित नयाँ मुलुकी ऐन ल्याएको भन्दै आक्रोश पनि व्यक्त गर्नु गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका कामको आशय तलमाथि नहुने गरी व्यंग्य गर्ने अधिकार पत्रकारहरुलाई रहनेतर्फ पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ५ : ४२ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।