Logo

कागेश्वरी मनोहरालाई स्वच्छ बनाउन वृक्षरोपण अभियान



काठमाडौँ, १ भदौ : ‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ भन्ने नाराका साथ कागेश्वरी मनोहरा नगरपालिकाको तीन वडामा बिरुवा रोप्न शुरु गरिएको छ । नगरपालिकाको वडा नं १ मा नौ हजार बिरुवा रोपियो । बिरुवा संरक्षणका लागि वरिपरि बाँस गाडेर तारबारले घेरिएको छ । नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी सडकको दायाँबायाँ बिरुवा रोपी संरक्षण शुरु गरिएको हो । वडा नं १ को एक हजार ३०० मिटर सडक क्षेत्रमा बिरुवा रोपी संरक्षण गर्ने र सडक कालोपत्रे गर्ने काम सँगसँगै भइरहेको वडाध्यक्ष मुकुन्द गजुरेलले बताउनुभयो । सडक पक्की बनाउने र दायाँबायाँ हरियाली बनाउने कामलाई नगरपालिकाले एकैसाथ अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाललाई फलफूलको बगैँचा बनाउने सोचअनुरुप वडाभर सात हजार १०० बिरुवा बाँडेको जनाएको छ ।

“वडाका एक हजार ४०० परिवारलाई प्रतिघर आँप र अम्बा एक÷एक, कागतीको तीन बोट गरी पाँच बिरुवा बाँडियो, अरु जातका एक हजार २०० बिरुवा वडावासीलाई बाँडियो”, उहाँले भन्नुभयो । वडा कार्यालयले बाल उद्धार मावि र सिद्धिगणेश माविलाई बिरुवा उपलब्ध गराएको छ । फलफूलको बिरुवा सिन्धुली र सर्लाही एवं अरु बिरुवा इलाका वन कार्यालय गोकर्णबाट ल्याइएको हो ।

वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई स्थलगत अभ्यास शिक्षण गर्ने व्यवस्था मिलाएको छ । यसवापत नम्बरसमेत दिने व्यवस्था मिलाइएको छ । वातावरण, सरसफाइ र स्वास्थ्यलाई जोडेर कार्यक्रम लागू गर्न लागिएको हो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको वडाले नगरपालिकाको ४० प्रतिशत भूभाग ओगट्छ । नगरपालिकाको २८ वर्गकिमी क्षेत्रफलमध्ये वडाले ११.७६ वर्गकिमी ओगटेको छ । उच्च भागको वडा नं १ बाटै नगरपालिकालाई स्वच्छ, सफा बनाउने अभियान थालिएको हो । वडा नं २, आलापोटमा २०० र वडा नं ३, भद्रवासमा २०० बिरुवा रोपिसकिएको छ । वृक्षरोपणले विश्वमा बढ्दै गएको तापमान घटाउन र वातावरण संरक्षण गर्न सहयोग पु¥याउने छ ।

नगरपालिकाले छ जातका बिरुवा रोपेको छ । जसमा अशोक, लिची, आँप, अम्बा, चिनियाँ गुलाब र नासपाती जातका बिरुवा छन् । बिरुवा संरक्षण गर्न वडालाई जिम्मेवारी दिइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो । धार्मिक मठ मन्दिर तथा नगर क्षेत्रका सार्वजनिक र पर्ती जग्गामा वृक्षरोपणको अभियान चलाइएको छ । ब्रह्मखेल–सातघट्टे–गागलफेदी–चिसापानी–गोसाइँकुण्ड सडक निर्माण अभियानमा लाग्नुभएका प्रदेशसभा सदस्य रामेश्वर फुयाँल निर्माणसँगै हरित सडकका रुपमा स्थापित गर्न लागिएको बताउनुहुन्छ । “धार्मिक र पर्यटकीयस्थल गोसाइँकुण्ड जाने सबैभन्दा छोटो मार्ग यही हुन्छ, म सांसद भएका बेला ३ नं क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत यो सडक निर्माण शुरु भएको हो, हालसम्म २० किमी निर्माण भएको छ, कूल १२५ किमी सडकमा अरु काम बाँकी छ”, उहाँले भन्नुभयो ।

प्रदेश नं ३ सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको स्वच्छ, सफा प्रदेश कार्यक्रमलाई सहयोग पु¥याउन नगरपालिकाले बिरुवा रोपी संरक्षण शुरु गरेको हो । प्रदेशको कार्यक्रमलाई सहयोग गर्न आलापोट बृहत् खानेपानी समितिले सुन्दरीजल–आलापोट–सातघट्टे १० किमी सडकमा बिरुवा रोप्न थालेको छ । एक किमी क्षेत्रमा २०० बिरुवा रोपिएको समिति अध्यक्ष शिवराम बस्नेतले जानकारी दिनुभयो । जनमार्ग भनिने यो सडक स्थानीयवासीको सहयोगमै बनाइएको निर्माण व्यवसायी बालकृष्ण श्रेष्ठले बताउनुभयो । स्थानीय एलिजा खड्का सडक निर्माणसँगै पाँच फिट अग्ला बिरुवा रोप्न थालेपछि सौन्दर्यमा वृद्धि भई वाग्मती नदी किनारमा हिँडुहिँडु लागेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार