२०८१, ७ बैशाख शुक्रबार

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर


काठमाडौँ, ३१ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताउनुभयो ।

कृषि, रेलसेवा, जलमार्गजस्ता क्षेत्रमा साझेदारी गर्दै पारस्परिक सम्बन्ध अघि बढिरहेको तथा विगतका समझादारी र सम्झौताको प्रभावकारी कार्यान्वयनलाई पनि केन्द्रमा राखेर काम भइरहेको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल–भारतबीच समाधान हुन बाँकी मूलभूत विषयलाई आगामी सेप्टम्बरभित्र सम्बोधन गर्न दुवै पक्षले सघन ढङ्गले आवश्यक काम गरिरहेका छन् ।” नेपाल–भारत सम्बन्धका समग्र पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न गठिन प्रबुद्ध व्यक्ति समूहले चाँडै आफ्नो प्रतिवेदन बुझाउने र त्यसले २१ औँ शताब्दी सुहाउँदो द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गराउन सुझाव दिने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको स्वतन्त्रता सङ्ग्राममा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र उहाँका नेपाली समकक्षी केपी शर्मा ओलीको भारत यात्राबाट दुई देशीय सम्बन्ध अत्यन्त प्रगाढ बनेको बताउनुभयो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीद्वय पशुपति शम्शेर जवरा र रामशरण महत, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भारत सरकार र त्यहाँका जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ९ : २५ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता