२०८१, ७ कार्तिक बुधबार

पेट्रोलमा कर, बारीको रुख काट्दा कर, मेहदी लगाउनेलाई पनि कर

पेट्रोलमा कर, बारीको रुख काट्दा कर, मेहदी लगाउनेलाई पनि कर


काठमाडौं, साउन ३१ : मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

मेहदी लगाउनेलाई दैनिक कर
मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

घरको तलाअनुसार कर
यसअघि घरजग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति कर तिर्दै आएका दाङको घोराही उपमहानगरपालिकाका नागरिकलाई अब घर र घर बनेको जग्गाको छुट्टाछुट्टै कर लागेको छ । प्रतिवर्गफिट डेढदेखि चार रुपैयाँसम्म सम्पत्ति कर कायम गरिएको छ । र, जग्गाको पनि प्रतिवर्गफिट चार रुपैयाँ बेग्लै तिर्नुपर्छ । बजार क्षेत्रमा एक तला घरको करिब आठ हजार रुपैयाँ वार्षिक सम्पत्ति कर पर्न आउँछ । घरको तला थपिए वर्गफिटअनुसार कर थपिँदै जान्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि घर र जग्गाको छुट्टाछुट्टै कर छ । तर, घरका कोठाअनुसार कर तिर्नुपर्ने नियम बनाइएको छ ।

विद्यार्थीलाई फोहोर कर
बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

घाटा लागेको व्यवसाय बन्द गर्न कर
मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

आफ्नै बारीको रुख काट्दा दुई सय कर
पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई आफ्नै बारीको रुख काट्दा प्रतिरुख दुई सयका दरले कर तोकेको छ । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल भटराईले रुख काट्न निरुत्साहित गर्न यस्तो नियम राखिएको बताए ।

डिजेल–पेट्रोलमा कर
इलाम नगरपालिकाले पेट्रोल र डिजेलमा ५० पैसा प्रतिलिटरका दरले प्रदूषण कर लिन सुरु गरेको छ । नगर सभाबाट डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउने निर्णय गरेको भए पनि पहिलो वर्ष ५० पैसा मात्रै कर लिइएको नगर प्रमुख महेश बस्नेतले बताए ।

क्यारेमबोर्ड खेलाउनेलाई कर, मासु बेच्नेलाई कर
मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा कर तोकेका छन् । मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ । ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र कुखुरा बेच्नेलाई एक सय कर तोकेको छ ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ७ : ०९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि