२०८१, ६ कार्तिक मंगलबार

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा

तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा


बैतडी, ३० साउन: विगत तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो ।

बैतडीको पाटनबाट गएको स्काभेटरले पहिरो पन्छाएपछि आज दिउँसो साढे ३ बजेबाट राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिनुभयो । राजमार्ग सञ्चालनमा आएपछि विगत तीन दिनदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : १३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि