२०८१, ७ कार्तिक बुधबार

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित

पहिरोका डरले स्थायी प्रहरी चौकी नै विस्थापित


त्रिपुराकोट, डोल्पा, ३० साउन: हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी नगरपालिका–९ कालागौ“डास्थित स्थायी प्रहरी चौकी पहिरोका डरले विस्थापित भएको हो । पहिरोस“गै आएको ठूलोढुङ्गाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भा“चिएका छन् ।

बुधबार बिहान ३ बजे चौकीको माथिबाट पहिरो खसेर क्षति पु¥याएकाले अर्को घरमा सारिएको प्रहरी निरीक्षक शशीराम ओलीले जानकारी दिनुभयो । चौकीलाई आंशिक रुपमा क्षति भए पनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थितिमा पुगेपछि चौकी सरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

निरन्तरको पहिरोले कालागौ“डा बस्तीका दश घर उच्च जोखिममा रहेको वडा नं ९ का अध्यक्ष वीरमल भण्डारीले जानकारी दिनुभयो । केही घरधनीले भने जोखिमयुक्त ठाउँ छोडेर सुरक्षित ठाउँतर्फ गइसकेको र बा“की घरधनीलाई पनि घरमा नबस्न सचेत गराइएको उहा“ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : ३० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि