२०८१, ७ कार्तिक बुधबार

बाढीले दुईवटा पुल बगायो, एकजनाको मृत्यु

बाढीले दुईवटा पुल बगायो, एकजनाको मृत्यु


जाजरकोट, साउन ३० । नलगाड नगरपालिका–५ कालिमाटीमा गएराति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो ।

बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए । सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ ।

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  १२ : ०६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि