२०८१, ६ कार्तिक मंगलबार

अधिकृत झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अधिकृत झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौँ, २९ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको पुलसम्म जाने बाटोमा माटो भर्ने र ग्राभेल गर्ने योजनाको अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगकाअनुसार प्रशासकीय अधिकृत झाले कार्यालय सहायक राजकुमार मण्डललाई घुस उठाउनका लागि प्रयोग गरेको समेत अनुसन्धानबाट पक्ता लागेको छ । यस्तै आयोगले आजै नेपाल बिद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्र, ललितपुरमा कार्यरत ईलेक्ट्रिसियन भोलाप्रसाद अधिकारीलाई रु ९५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । अधिकारीलाई कार्यालय परिसरबाटै पक्राउ गरी छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ९ : १८ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि