२०८०, ५ आश्विन शुक्रबार

नक्कली बम राख्ने तीन बन्दकर्ता पक्राउ

नक्कली बम राख्ने तीन बन्दकर्ता पक्राउ


ललितपुर, २९ साउन: प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

जिल्लाका चार स्थानमा प्रेसर कुकरमा नक्कली बम राखेको उहाँले बताउनुभयो । बिहान ग्वार्काे, ताल्छिखेल र बटुकभैरबमा नक्कली बम राखेको पाइएको थियो । दिउँसो कुपण्डोलमा नक्कली बमका कारण केहीबेर स्थानीयवासी त्रसित रहे । जिल्लामा बन्दको न्यून प्रभाव परेको थियो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारी केही कम भए पनि साझालगायतका यातायात सेवा नियमित रहे ।” निजी सवारी साधन चलेको र र पसल खुल्ला नै रहेको प्रहरीले जनाएको छ । बन्दका कारण विद्यालय भने बन्द रहे ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ४ : १५ बजे

काभ्रेको मण्डनदेउपुरमा निर्माधिन होटलको तीन तल्लाबाट खसेर मजदुरको मृत्यु

काठमाडौ । काभ्रेको मण्डनदेउपुर २ चौतारीमा निर्माण भईरहेको होटलको छतबाट

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो