२०८१, १२ बैशाख बुधबार

पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिम

पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिम


चौतारा, २३ साउन: अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै गएराति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एक–एक घर पुरिएको छ भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा परेको छ ।

चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो चर्को घाम र रातिको मुसलधारे वर्षाले सुनकोशी गाउँपालिका–३ कालिकामा गएको पहिरोले ४० घर उच्च जोखिमा परेको छ ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काले पहिरोका कारण विस्थापित भएका साबिक कालिका गाविस–९ का पाँच परिवार अहिले स्थानीय सरस्वती प्राविमा बसेका छन् भने अन्य सात घरपरिवार सुरक्षित स्थानमा गइसकेका छन् । त्यस्तै वडा नं ५ को पाँच घरसमेत विस्थापित भएका छन् । पहिरोका कारण एउटा पक्की घर बगिसकेको र अन्य ६÷७ घर ढल्की सकेको खड्काले बताउनुभयो । गाउँका सडक खनिएको र नालीको उचित व्यवस्था नहुँदा माथिबाट पहिरो खसेको र तलबाट पनि पहिरोले तानेकाले त्यस्तो समस्या देखापरेको स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा पनि २५ घर पहिरोका कारण उच्च जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले बताउनुभयो । यसैगरी साबिकका थुम्पाखरा गाविस–२ सुन्दरडाँडामा चार घर, भालुखोपमा तीन घर, वडा १ को नौकिलोमा दुई घर र वडा ६ को सानुपाखरमा १५ घर र वडा ७ को दलित बस्तीमा समेत २४ घर पहिरोको उच्च जोखिममा परेको जनाएको छ । जोखिम परिवारलाई त्रिपाल र प्लास्टिक वितरण गरिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

Reagan had essentially order extra information given the most popular rocker in the world at that time a platform to criticize the president and his policies.

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ९ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने