Logo

तेमालको सरस्वती आधारभूत विद्यालयमा ज्याम्याङ र प्रदिपले झ्वाम पारे ७ लाख ५० हजार



तेमाल । काभ्रेको तेमाल गाउँपालिका सस्र्यूखर्क २ ल्हप्सेमा रहेको सरस्वती आधारभुत विद्यालयका अध्यक्ष ज्याम्याङ लामाले विद्यालय भवन निर्माणका लागि आएको ७ लाख ५० हजार रुपैया झ्वाम पारेका छन् ।

भुकम्पले जिर्ण भएको विद्यालयलाई तत्कालिन जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यन्वयन इकाई काभ्रेको सहयोगमा तिन कोठे टस निर्माणका लागि आएको रकम विद्यालय नै निर्माण नगरी रकम कुम्ल्याएका हुन् । विद्यालयको तीन कोठे भवन पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७४, ०७५ भित्र सम्पन्न गर्नुपर्ने गरी ३१ लाख ८ हजार ५१ रुपैयाँ रकम विनीयोजन भएको थियो ।

 

विद्यालयमा अनियमितता भएको भन्दै स्थानीय युवाहरुले छानविनको माग गदै जिल्ला प्रशासन कार्यालय, धुलिखेलमा उजुरी समेत दर्ता गरेका छन् । उनीहरुले यसअघि पनि गाउँमा आएको विभिन्न विकास निर्माणहरुमा समेत अनियमितता गरेको खुल्दै आएपछि ढाकछोप गर्नकै लागि नेपाली काँग्रेस प्रवेश गरेका थिए ।

ज्याम्याङ १७ वर्षदेखि उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुँदै आएको छन् । अध्यक्ष ज्याम्याङले विद्यालय भवन निर्माणको जिम्मा दिएको तेमाल गाउँपालिका –५ निवासी प्रदीप तामाङलाई दिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए । जिल्ला आयोजना कार्यन्वयन इकाइले पहिलो किस्ता ७ लाख ५० हजार रकम उक्त विद्यालयको खातामा हालेको थिए। विद्यालयको खातामा जम्मा भएको रकम अध्यक्ष ज्याम्याङ लामा र निर्माणका लागि जिम्मा लिएका प्रदिप लामाले विद्यालय भवन निर्माणस्थल थोरै सम्याएर रकम अनियमितता गरेका हुन् ।

जिल्ला प्रसाशन कार्यालयमा उजुरी पछि अध्यक्ष ज्याम्याङले ७ लाख ५० हजार रकम अनियमितता गरेको स्वीकार गरेका छन् । उनले दुइ सातााभित्र सबै काम सम्म्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अध्यक्ष ज्याम्याङले आफु विरुद्धमा उजुरी हाल्ने स्थानीय युवाहरुलाई ज्यान मार्ने धम्की समेत दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार