Logo

चाहना भए सजिलै दरबन्दी मिलान, मिलान विरुद्धको रिट सर्वोच्चद्वारा खारेज



बनेपा, काभ्रे । दरबन्दीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भइरहेको काभ्रेको एउटा नगरपालिकाले भने शिक्षक दरबन्दी मिलान गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विद्यालयहरुमा नगरपालिका र नगरको शिक्षा समितिले दरबन्दी मिलान गरेपछि लगत्तै सर्वोच्च अदालतमा निवेदन परेको थियो । उक्त रिट लाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

दरबन्दी मिलानपछि सबै शिक्षकहरु खटाइएको विद्यालयमा गएर काम थाले पनि नेपाल कांग्रेसका अच्युत पौडेल निकट रहेका २ जना शिक्षकहरुले दरबन्दी मिलानप्रति असन्तुष्टि जाहेर गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । निवेदन दिने मणिराम नेपाल र थलप्रसाद सापकोटाको रिटलाई खारेज गरिएको हो । नगरपालिकाले नगरको सेवाक्षेत्रभित्र रहेका कुल २९ जना शिक्षकको दरबन्दी मिलान गरेको थियो । मिलान गर्ने क्रममा विद्यार्थी संख्या नभएका २ वटा विद्यालयलाई साइज डाउन गरिएको थियो भने अन्य ६ वटा विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभिएको थियो ।

दरबन्दी मिलानमा चित्त बुझाउन नसकेका नेपाल र सापकोटा डेडीथुम्का माध्यमिक विद्यालयमा प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत रहेका थिए । उनीहरुसँगै उक्त विद्यालयका अर्का शिक्षक भने राजीखुसीका साथ नगरले गरेको निर्णयलाई स्वीकार गरी तोकिएको कार्यक्षेत्रमा सेवा थालेका थिए । रिटहाल्ने दुईमध्ये एकलाई चण्डेनी मा.वि. र एकलाई उमा सहशिक्षालयमा पठाइएको थियो । उनीहरुले डेडीथुम्का माविमा नै बस्न पाउनु पर्ने र बस्न नदिइएको जिकिर गरी सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

नगर र नगरको शिक्षा शाखाले साइज डाउन गरिएका विद्यालयमा वडा नं. ९ को उमा विद्यामन्दिर नर्मदा र भवानी निमावी ढाइटार रहेका छन् । ती विद्यालयलाई कक्षा ८ बाट कक्षा ५ मा झारिएको छ । त्यसैगरी गाभिने विद्यालयहरुमा क्रमशः माङ्कालेश्वर प्रावि, वडा नं. ५, वडा नं. ५ कै नवचेतना प्रावि, देउराली प्रावि वडा नं. ७, हीमज्योती प्रावि वडा नं. १०, नमूना प्रावि वडा नंं. १२ र अर्को एक समेत गरी ६ वडा प्राथमिक तहका विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार