२०८१, ७ कार्तिक बुधबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ६ दिन चीन भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे ।

प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले रेल कनेक्टिभिटीबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् ।

भ्रमणका क्रममा दुई देशबीच केरुङ-रसुवागढी-काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । यसले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : २०७५, १० असार आईतबार  १२ : ५५ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि