२०८१, ७ कार्तिक बुधबार

भ्रष्टाचार विरुद्ध सरकार निर्मम बन्छः मन्त्री बासकोटा

भ्रष्टाचार विरुद्ध सरकार निर्मम बन्छः मन्त्री बासकोटा


पनौती, काभ्रे । सञ्चारमन्त्री गोकुल बास्कोटाले पनौतीको मल्पीमा शहिद पार्कको अनावरण गर्दै सरकार भ्रष्टाचारीका विरुद्धमा निर्मम भएर प्रस्तुत हुने बताएका छन् । भ्रटाचारको विरुद्धमा सरकार लाग्दा यसलाई कम्युनिस्ट सरकार अधिनायकवाद उन्मुख भयो भनेर आरोपित गर्नु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाई थियो ।
‘जनताद्वारा निर्वाचित सरकार लोकतान्त्रिक बताउँदै उनले भष्ट्रचारका विरुद्धमा सरकार एक पटक होइन, हजार पटक निर्मम र अधिनायकवादी बन्नसक्छ’, शहिदपार्कको अनावरण गर्दै मन्त्री बास्कोटाले भने, ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो समृद्ध समाजका लागि त्यसलाई समाप्त गर्नुछ ।’
२०६२÷०६३ को आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद सगुन ताम्राकारको जन्मभूमि पनौतीमा गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र सगुनको शालिक निर्माण गरी पनौतीको मल्पीमा शहिदपार्कको निर्माण गरिएको थियो । उक्त पार्कको अनावरणका क्रममा मन्त्री बास्कोटाले भने, ‘राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्थे तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ’ उनले ‘संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र सहिद सगुन ताम्राकार बन्नुभएको छ ।’

दोस्रो जनआन्दोलनका क्रममा कलंकीमा प्रहरीले चलाएको गोली लागेर ७ वैशाखमा १९ वर्षीय सगुनको निधन भएको थियो । छोराको शालिक अनावरण कार्यक्रममा सहभागी भएका सगुनका परिवारहरु भने शहिद छोरा सगुनलाई सम्झेर भावविव्हल देखिए ।

प्रकाशित मिति : २०७५, ९ असार शनिबार  ८ : ०० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि