२०८१, ७ कार्तिक बुधबार

काभ्रेमा नेपालकै पहिलो एकीकृत सूचना केन्द्र

काभ्रेमा नेपालकै पहिलो एकीकृत सूचना केन्द्र


काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नेपालकै पहिलो एकीकृत सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । सूचना केन्द्रको सोमबार सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । यो सूचना केन्द्र नेपालमै पहिलो भएको जानकारी गराउँदै मन्त्री बास्कोटाले हरेक स्थानीय तहमा विस्तार गर्दै लैजाने बताए ।

मन्त्री बास्कोटाले पेपर लेस बनाउने सरकारी अवधारण अनुसार सुूचना केन्द्र स्थापना भएको बताए । ‘नेपालमै पहिलो अभ्यासका लागि यो नगरपालिकामा सूचना केन्द्र स्थापना गरिएको हो, उनले भने अब सरकारले नोट लेस गर्ने तयारी पनि गरिरहेको छ ।’ सूचना केन्द्रमा अहिले ३ वटा कम्प्युटर, १ वटा ल्यापटप, फोटोकपी मेसिन १ थान, प्रिन्टर १ थान, प्रोजेक्टर १ थान, सोलार लगायतका प्राविधिक सामग्री छन् । नगरपालिकाका प्रमूख टोक बहादुर वाईबाले सूचना केन्द्र स्थापना भएपछि नगरको दैनिक कामकाजमा निकै सहजता हुने भन्दै मन्त्री बास्कोटालाई धन्यवाद दिए ।

सूचना केन्द्रबाट लोक सेवाको फारम भर्नका साथै देशविदेशमा रहेका आफन्तसँग नगरभित्रका नागरिकहरुले पाउने नगरप्रमूख वाइबाले बताए । सूचना केन्द्रमा राखिएका कम्प्युटरहरुमा कक्षा १० को अग्रेंजी गणित र विज्ञान विषयका श्रब्य दृश्य सामग्री पनि राखिएका छन् । नगरप्रमूख वाईबाले नगरका १२ वटै वडाहरुमा ई सेवा लागु गर्न नगरपालिका लागि रहेको बताए । ‘अब हरेक गतिविधि कम्प्युटर मार्फत इमेल आदानप्रदान गरेर हुन्छ, उनले भने ‘यसले हामीलाई समयको बचत गराउन निकै मद्दत पुग्नेछ ।’

प्रकाशित मिति : २०७५, २८ जेष्ठ सोमबार  २ : ५७ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि