२०८१, ७ कार्तिक बुधबार

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा


काठमाडौं /  नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने बजेटले सबै बिद्यार्थीहरुको जित भएको बताएकी छिन् ।

आर्थिक वर्ष २०७५ र ०७६ को बजेटमाथि आइतबार आफ्नो धारणा राख्दै सांसद लामाले विद्यार्थी आन्दोलनको उपलब्धी रहेको टिप्पणी गरिन। दिद्यार्थीहरुले कठिन परिश्रमबाट पाएको प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ दिनेगरी बजेट आएको छ, नेपाली बिद्यार्थीहरुमा लागि खुशीको दिन र ऐतिहासिक जित भएको बताइन ।

बजेटको स्वागत र समर्थन गर्दै उनले शैक्षिक प्रमाण दुरुपयोग नहोस भनी अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । बजेटले विगतको अर्थतन्त्रलाई समीक्षा गर्दै वर्तमान अर्थतन्त्रको सहि विश्लेषण गरेर भावी एउटा कार्यनीति ल्याएको टिप्पणी गर्दै उनले थपिन– ‘मलाई लाग्छ इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेजको रुपमा यो बजेट रहन्छ। यो बजेटले सुखी नेपाल समृद्ध नेपालको अठोट जाहेर गरेको छ।’

बजेटले गुणस्तरीय शिक्षा र , विश्वविद्यालयको गुणस्तर, विश्वबजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको विषयलाई समेत सम्बोधन गरेको लामाको ठहर छ। यो बजेटले बैदेशिक रोजगारीमा रहेका युवाहरुलाई ल्िक्षत गरी , स्वरोजगार स्वरोजगार अभियान संचालनका लागि बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७५, २१ जेष्ठ सोमबार  ८ : ३६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि