Logo

सञ्चारमन्त्री बास्कोटाले आलु खन्दै भने ‘भ्रष्टचारको हरेक दुलो खोज्ने छौँ’



सुचना तथा सञ्चार, प्रविधि मन्त्री गोकुल बास्कोटाले भ्रष्टचार मुक्त समाज निर्माणमा वर्तमान सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएको भोली पल्ट काभ्रेको ढुर्खक भएको प्रथम काभ्रे आलु महोत्सवमा सहभागि भएका हुन हरेक दुलो खोतलेर भ्रष्टचारीलाई कारबाही गर्ने बताए । “जसरी आलु खन्दा, स साना चिचिला पनि टिपिन्छ, उनले भने “भ्रष्टचार उन्मूलन गर्न पनि सरकारले सबै किसिमको शक्ति प्रयोग गर्छ ।”

ढुंखर्कमा अालु खन्दै सञ्चार मन्त्री गाेकुल बास्काेटा

कृषकको खेतमा आलु खनेर महोत्सवको मन्त्री बोस्कोटाले उद्घाटन गरेका थिए । उनले तरकारीमा रहेको सिण्डिकेट पनि तोडेरै छाड्ने बताए । “तरकारीको सिण्डिकेटका बारे सरकार जानकार छ, उनले भने “मुलुकमा ब्यस्त रहेका सिण्डिकेट नतोडेसम्म समाजले काचुँली फेर्दैन् ।” उनले हावा पानी अनुकुल खेती गरेर मुलुकलाई आत्मनिर्भर बनाउने दाबी समेत गरे । चुनावको बेला गरेको अधिकांश बाचाहरु यो सरकारले पुरा गर्ने उल्लेख गर्दै मन्त्री बास्कोटाले अबको ५ वर्षपछि पनि कम्प्युनिष्टकै सरकार चाहियो भन्ने गरी काम बताए ।

भिडियाेमा हेराैँ मन्त्री बास्काेटाले खानेकाे अालु

सरकारका प्रबक्ता समेत रहेका मन्त्री बास्कोटाले नाका बन्दी लगाउने छिमेकीहरु अहिले रेल र जल मार्ग बनाइ तत्पर रहेको भन्दै दलहरुको सहकार्यबाटै विकास निर्माण अघि बढ्ने बताए । “१९५० को सन्धी पुनरावलोकन गर्न र रेल मार्ग बनाउन छिमेकीहरु तयार भएर बसेका छन्, उनले भने “देशलाई सहि दिशामा अघि बढाएर विकास सम्भव छ भनेर देखाउने बाहेक यो सरकारसँग अरु कुनै विकल्प छैन् ।”

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार