२०८१, ७ कार्तिक बुधबार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, स्थानीयस्तरमा सूचना राजमार्ग सहित रसुवागढी–लुम्बिनी रेलमार्गलाई विशेष प्राथमिकता

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, स्थानीयस्तरमा सूचना राजमार्ग सहित रसुवागढी–लुम्बिनी रेलमार्गलाई विशेष प्राथमिकता


काठमाडौं । आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्रमा प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य ओली सरकारले लिएको छ । आगामी १० वर्षमा नेपाललाई मध्यमस्तरको मुलुकमा रुपान्तरण गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम राष्टपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको थियो । उहाँले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्राथमिकतामा राखी अगाडि बढाइने उल्लेख गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यलाई पूरा गर्ने, असमानता कम गर्ने, अवसरमा समानता सहित कृषि, उर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउन सरकारले जोड दिने बताउनु भएको छ । नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार सरकारी निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रुपमा विकास गरिनेछ । बहरी क्षेत्रलाई हरित शहरको रुपमा विकसित गरिनेछ । त्यसैगरी जैविक विविधताको संरक्षण गर्दै नदी किनाराको संरक्षण र संवद्र्धनमा जोड दिइने तथा राष्टपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ । स्वच्छ खानेपानीको उचित प्रवन्ध मिलाइने, सबै समय विद्युत सेवा उपलब्ध गराउने र विद्युत प्रशारण लाइनको निर्माण र विस्तारलाई प्राथमिकतामा राखी अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँच वर्षमै तराईलाई काठमाडौमा जोड्ने दु्रत मार्ग र मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने पनि सरकारको लक्ष्यभित्र समावेश छ । कार्यक्रममा मदनभण्डारी राजमार्ग निर्माणमा जोड दिइने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा रसुवागढी, काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्ग निर्माणलाई प्रमुख पाथमिकतामा राखी अगाडी बढाइने ओली सरकारले आफ्नो लक्ष्यमा समावेश गरेको छ । त्यसैगरी स्थानीयस्तरमा समेत सूचना राजमार्गको विस्तार गरने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी भुकम्पबाट क्षतिग्रस्त ऐतिहासिक पुरातान्विक सम्पदाहरुको पुनर्निमाणलाई अगामी तीन वार्षभित्रमा पूरा गरिने र पुनर्निमाण कार्यलाई सरल बनाई तीब्रता दिएर निजी आवास निर्माणलाई एबवर्षमा पूरा गर्ने लक्ष्य सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५, ७ जेष्ठ सोमबार  ८ : ४९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि