२०८१, २५ बैशाख मंगलबार

सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण सरकारको लक्ष्य हो : राज्यमन्त्री वास्कोटा

सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण सरकारको लक्ष्य हो : राज्यमन्त्री वास्कोटा


सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि राज्य मन्त्री गोकुल वास्कोटाले समान हैसियतमा राष्ट्रको अहित नगर्ने गरी भएका गतिविधिलाई घुँडामा प्वाल परेको संज्ञा दिइनु गलत भएको बताएका छन् । ५३ औं स्थापना दिवसको अवसरमा अनेरास्ववियु काभ्रे जिल्ला कमिटीद्वारा आयोजित पूर्व अध्यक्ष सम्मान, अभिभारा विमोचन तथा अनेरास्ववियुको भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको प्रसंगमा आफ्नो धारणा राख्दै प्रवक्ता बास्कोटाले भने, ‘नाकाबन्दीमा न पनि उच्चारण गर्न नसकेर असहज परिस्थिति भन्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन् । वास्तवमा उनीहरुको वुद्धिको भा“डोमा चाहिं प्वाल परेको हो ।’ पाहुनालाई ढुंगाले हान्ने सस्कृति नभएको घुम्न चाहेको ठाउहरुमा भ्रमण गराएको उल्लेख गर्दै बास्कोटाले समान हित र चासोलाई समान हैसियतमा टुंग्याइनेछ भन्नु राष्ट्रघात नभएर राष्ट्रको हित भएको बताए । रेलको कनेक्टिभिटी जोड्ने पनि नेपालको अहितमा भएको हो ? के त्यहा पनि राष्ट्रघात भएको छ भन्ने प्रश्न गर्दै उनले भने, ‘हामीले मागेको डुवानको समस्या समाधान गर्नु राष्ट्रघाती कुरा हुन्छ र ’ उनले थपे कहानिर हाम्रो स्वाभिमानमा आ“च आएको छ ? विवेकशीलहरुले अविवेकी कुरा गर्न नसुहाउने र त्यसो नगर्न आग्रह गर्दै सरकारले नेपालको झण्डा झुक्ने कुनैपनि काम नगरेको बताए । नाकाबन्दीमा आखामा आखा जुदाएर नझुकेका तिनै व्यक्ति अहिले पनि प्रधानमन्त्री भएको स्मरण गराउदै उनले समान हैसियतमा सम्बन्ध विस्तार गरेको देख्न नसकेको बताएका छन् ।

सुरक्षाका लागि सेना लिएर आउदा मार्च गरिएको नहुने धारणा राख्दै बास्कोटाले भने, नेपाली सेनासंग समन्वय गरेरै भारतीय सेना सुरक्षाको लागि आएको हो । हामी जांदा पनि नेपाली सेना आवश्यक संख्यामा लिएरै गएको थियौं । यो कुनै नौलो घटना होइन उनले भने । अन्य राष्ट्रका प्रमुखहरु अरु राष्ट्रको भ्रमणमा जांदा पनि यस्तो गरिने गरिएका छन् । छिमेकीलाई फेर्न नसकिने कुरा सबैले बुझ्नु पर्छ, सम्बोधनका क्रममा बास्कोटाले भने । परनिर्भर नभई अन्तरनिर्भर भएरै दुनिया चल्नु पर्ने बताउदै बास्कोटाले भारतले कृषिमा लगानी गर्ने भनेको छ । ज्ञान त बांड्ने नै हो । सरकारले डुवानबाट नेपाली भूमिलाई जोगाउनेछ । ‘यो सरकारबाट राष्ट्रघात हुदैन । एमालेको जग व्यवहारिक राष्ट्रवाद हो, उदण्ड राष्टवाद होइन,’ उनले भने ।

हाम्रा मुद्दाहरु राजनीतिक रुपमा संस्थागत भएका छन् । अब कानुनी दायरामा मजबुति बनाएर आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न संगठित प्रयत्नबाट सुखी जनता र समृद्ध राष्ट्र बनाउने दायित्वलाई सरकारले भुल्ने छैन । अहिले जहातहीं केही भएन भनेर सरकारको आलोचना गरिएका छन् । सरकार बनेको धेरै नभएको उल्लेख गर्दै उनले भने अहिले सरकारले बजेट ल्याएको पनि छैन । अब जेठ ७ गने सरकारको नीति तथा कार्यक्रम र योजनाहरुमाथि राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यतिबेला मात्रै थाहा हुनेछ कि कस्ता योजना आए भनेर । म विश्वास दिलाउन चाहन्छु पक्कै नया आशा सरकारले दिनेछ । आम युवा विद्यार्थी र नया पुस्तालाई पनि सरकारको कार्यक्रमबाट सम्बोधन हुनेछ । सरकारले यातायातमा वर्षौंदेखि रहेको सिण्डिकेटलाई तोडेको छ । त्यसै गरी अब शिक्षा र स्वाथ्य क्षेत्रमा ध्यान पु¥याउनु आवश्यक छ ।

शिक्षा त खोज र अनुसन्धान हुनुपर्ने हो तर यहा त व्यापार गरिएको छ । मानवीय आधारभूत आवश्यकता हो । यस बारेमा सरकार सधैं गम्भिर छ । सक्षम, सबल र आत्मनिर्भर अर्थतन्त्र भनेजस्तै अब प्राप्त गरेको शिक्षाबाट आत्मनिर्भर हुने विश्वासका लागि व्यवहारिक प्रबन्धको शुरुवात सरकारले गर्नेछ, सम्बोधनका क्रममा उनले प्रश्न गरे, अहिले मानवीय मूल्य खरिद गर्ने शिक्षा कस्तो शिक्षा हो ? कक्षा १ मा भर्ना गर्दा ५ लाख रुपिया“ लिएर पनि भर्ना गरिएका छन् । त्यहा“ कस्तो शिक्षकले पढाउ“छ ? आइन्सटाइन नै आएर पढाउने हुन ? शिक्षामा निजीकरण लागू गरिएको छ त्यसैले विभेद चर्को भयो । अब सरकारले सार्वजनिक शिक्षामा लगानी र गुणस्तर उकास्नका लागि महत्वपूर्ण कदम चाल्नेछ ।

कार्यक्रममा बास्कोटाले आफैं अध्यक्ष भएको संस्थाको प्रमुख अतिथी त्यसमा पनि आफैंलाई अभिनन्दन गरिएपछि अनौठो–अनौठो लागेको बताएका थिए । अभिनन्दनलाई महत्वपूर्ण क्षणको रुपमा लिएको बताउदै उनले विगतलाई यसरी सम्झेका थिए । आफूहरु आजको इतिहास निर्माण गर्ने महत्वपूर्ण योद्धा थियौं । आज प्रमाणपत्र र खादा ओढ्नेको नव जीवनको आरम्भ भएको छ । लामो यात्राको निरन्तरता र जीवन्तताको क्रभित्र उपक्रम थपिएको छ । आज अतितको दिन सम्झिरहेको छु । त्यतिबेला जुनेली रातमा हिंडेर नया नेपालको कल्पना गथ्र्यौं । जेलभित्र कैद गरिएको बन्दीलाई सम्झन्थ्यौं । भियतनामी क्रान्तिका गाथा पढेर देशभित्रको गरिवी, कुशासन र वेथितीको अन्त्य गर्ने शिक्षा लिएर हिडेका थियौं । पञ्चायती कालरात्रीको समयमा एउटा लक्ष्य लिएर हिडेको सम्झना अहिले भइरहेको छ । नया नेपालको सपना बोकेर संगै हिंडेका कोही मारिए कोही समातिए र जेल बसे । तर, अग्रजहरुको विरासतलाई डग्न र झुक्न दिएनौं । आजको गणतन्त्रको जग नै त्यही थियो । संगठित र सचेत विद्रोहको प्रतिफल पनि यही गणतन्त्र हो ।

अहिले बदलिएको युग, चेतना र आवश्यकता सहित राजनीतिक परिवेश कसरी अगाडि बढ्छ ? राज्य कसरी बढ्नुपर्छ ? यो मञ्चमा मात्रै सीमित नगरी विषयगत गरेर जानुपर्छ भन्ने आफूलाई लागेको छ । अब देशलाई रचनात्मक परिणाम दिनुपर्छ । अहिलेको अनुकुल समयमा सिद्धान्तलाई व्यवहारमा बदल्नुपर्छ । सत्तामा रहँदा क्रान्तिको उद्देश्य विपरित गएमा जनदवाव सिर्जना पनि गर्नुपर्छ । तर फेरि पनि मशाल बोकेर विद्रोहमा उत्रनुपर्ने त्यस्तो दिन सायद नआउला, सम्बोधनका क्रममा उनले भने ।

कार्यक्रममा अनेरास्ववियुका पूर्व अध्यक्षहरु भीमकाजी श्रेष्ठ, किशोर थापा, भीम बस्नेत, लक्ष्मी पोखरेल, गोविन्द त्रिपाठी, चण्डेश्वरी प्रधान, उद्धव थापा, नारायण पाण्डे, केदार कोइराला, गोकुल बास्कोटा, जनार्दन अधिकारी, भोजराज तिमल्सिना, हरिशरण दाहाल, रामहरी खड्का, शुरेश हुमागाई, कमल चौलागाई, फुलमान बल, रामशरण बजगाई, कुवाङ्छु लामा, दिपक गौतम, विपिन लामा, हरिकुमार मैनाली, टिकाराम लामा, जेनिश लामा, शालिकराम पराजुली, हरिष्चन्द्र घिमिरे, केशवराज पौडेल, विनोद गाउ“ले, राकेश लामा, निरोज पाण्डे, नवराज सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा अनेरास्ववियु काभ्रेले नगद १ लाखको विद्यार्थी अक्षय कोषको घोषणा गरेको अध्यक्ष उपेन्द्र शर्माले बताएका छन् । कार्यक्रममा केदार कोइराला, नारयण पाण्डे, नवराज ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५, १ जेष्ठ मंगलबार  १० : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने