Logo

तेमालका बृद्धबृद्धा सम्मानित (फाेटाे फिचर)



काभ्रेको तेमाल गाउँपालिकाभित्र पर्ने वडा नम्बर १ र २ का बृद्धबुद्धाहरुलाई सम्मान गरिएको छ । शनिबार तेमाल गाउँपालिकाका प्रमूख सलाम सिंह तामाङ, उपप्रमूख दुर्गामाया तामाङ र कार्यकारी अधिकृत शर्मिला लामिछानेको उपस्थितिमा वडा नम्बर १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले ९३ वर्षिय जय लक्ष्मी भण्डारीलाई दोसल्ला र नगद ६ हजार रुपैयाँ दिएर सम्मानको सुरुवात गरेका थिए ।

सम्मान थाप्दै तेमाल गाउँपालिका वडा नम्बर १ का बृद्धबुद्धाहरु

सम्मानित भएपछि भण्डारीले भनिन् ‘बुढेकालमा राज्यले सम्मान गर्यौ, धेरै खुशी लागेको छ ।’ भण्डारी जस्तै वडा नम्बर १ का ५५ जना बृद्धबृद्धा सम्मानित भएको जनचेतना उच्च माविका प्राचार्य ध्रुवराज पाण्डेले जानकारी दिए । २०५१ सालमा ९ महिने सरकार सञ्चालनका बेला एमालेले लिएको बृद्धबृद्धा सम्मान कार्यलाई अनुशरण गर्दै गाउँ गाउँका बृद्धबृद्धालाई सम्मान कार्य सुरु गरिएको भन्दै वडाध्यक्ष श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने छ ।

त्यसैगरी वडा नम्बर २ मा ९० जना बृद्धबृद्धा सम्मानित भएका छन् । वि.स १९७७ मा जन्मिएका इन्द्रप्रसाद पन्त र १९८३ मा जन्मिएकी अष्ठमाया माकाँजुलाई दोसल्ला ६ हजार नगद सहित गाउँपालिकाका प्रमूख सलाम सिंह लामा र वडाध्यक्ष तिमाल सिंह तामाङले सम्मान गरेको वडा सदस्य डिल्लीमान तामाङले जानकारी दिए ।

तेमाल गाउँपालिका वडा नम्बर २ मा बृद्धबुद्धा सम्मान कार्यक्रममा सहभागि अतिथी

यसअघि मासिक भत्ता मात्रै थाप्दै आएको र यो सम्मानले थप हौसाला प्रदान गरेको सम्मानित भएका इन्द्रप्रसाद पन्तले बताए । ‘हामीले बृद्धभत्ता मात्रै थाप्दै आइरहेका थियौँ, उनले भने ‘तपाईहरु यसरी बृद्धबृद्धालाई भेट्न आएर सम्मान गर्नुभयो धेरै धेरै धन्यवाद ।’ वडाध्यक्ष तिमाल सिंह तामाङले बृद्धबृद्धा सम्मान कार्यक्रमलाई भाबी दिनमा पनि निरन्तरता दिइने बताए । गाउँपालिकाका प्रमूख समाल सिंह लामाले बृद्धबृद्धालाई सम्मान गर्दै आर्शिवाद थापे । ‘हामीले बृद्धबृद्धा भएका ब्यक्तिहरुको सम्मान गर्नुपर्छ, तपाईहरुले समाजलाई पुर्याएको योगदानको कदर गर्नुपर्छ, उनले भने ‘यस्तो कार्य गाउँपालिकाका अन्य वडाहरुमा पनि गर्नु जरुरी छ ।’

 

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार