२०८१, ७ कार्तिक बुधबार

काभ्रेमा पहिलो पटक सहकारीको आफ्नै डिपाटमेण्ट स्टोर (फोटो फिचर)

काभ्रेमा पहिलो पटक सहकारीको आफ्नै डिपाटमेण्ट स्टोर (फोटो फिचर)


धुलिखेलमा रहेको सारथी बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक डिपाटमेण्ट स्टोर सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको शुभारम्भसँगै उसले ‘सारथी मार्ट’ सञ्चालनमा ल्याएको हो ।

सारथी मार्ट धुलिखेलको पुरानो बसपार्कमा रहेको छ । मार्टको राष्ट्रिय सहकारी संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । मार्टमा सहकारीमा आबद्ध सदस्यहरुले हरेक सामानको खरिदमा ५ प्रतिशत छुट पाउने छन् । आधुनिक र ब्यवस्थित ढंगबाट सञ्चालनमा ल्याइएको मार्टमा राजधानीमा उपलब्ध सबै सामान एकै छाना मुनि ग्राहक पाउने छन् ।

अहिले १ करोड ५० लाख बराबरको लगानीमा सञ्चालनमा ल्याइएको मार्टमा लगानी अझै बढ्दै जाने सारथी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलिप शार्माले बताए । उनका अनुसार मार्टमा अहिले कपडा बाहेक सबै सामान उपलब्ध छन् । धुलिखेलका होटल, काठमाण्डौँ विश्वविद्यालय र धुलिखेल अस्तापाल जस्ता ठूला संस्थामा कार्यरत सेवाग्रही बढी लाभान्वित हुने भएका छन् ।

त्यस्तै धुलिखेल घुम्न आएका आन्तरिक तथा बाह्य पर्टकहरुलाई समेत गुणस्तीय सामान खरिद गर्न अनेत्र जानु पर्ने बाध्यता टरेको छ । “अब धुलिखेल घुम्न आएका, यहाँ सञ्चालनमा रहेका ठूला होटलहरुलाई सरसमान खरिद गर्न निकै सजिलो भएको छ, अध्यक्ष शार्माले भने “हरेक सामान गुणस्तरीय छन्, कपडा बाहेक सबै सामान एकै छानामुनि उपभोक्ताले लिन पाउँछन् ।”

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ८ : ०६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि