२०८१, ७ कार्तिक बुधबार

भारत र पाकिस्तानी सैनिक बीच युद्ध हाेइन, पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै

भारत र पाकिस्तानी सैनिक बीच युद्ध हाेइन, पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्दै


तनावपूर्ण सम्बन्धमा रहेका दुई छिमेकी मुलुक भारत र पाकिस्तानले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेका छनु । आउँदो सेप्टेम्बरमा रसियामा हुने अन्तरदेशीय प्रतिआतंकवाद अभ्यासमा भारत र पाकिस्तानले सँगै सैन्य अभ्यास गर्न लागेका हुन् । भारतीय रक्षा मन्त्री निर्मला सिथारमनले भारतीय समाचार संस्था पीटीआईसँग यो कुराको पुष्टि गरेकी छन् ।सांघाइ कोपरेसन अर्गनाइजेसन (ओएससीओ) ले आयोजना गरेको उक्त संयुक्त सैन्य अभ्यासमा चीनसहित एससीओका सदस्य राष्ट्र सहभागी हुनेछन् ।

यो सैन्य अभ्यास रसियाको युराल पर्वतमा हुने सम्भावना छ । यसको मुख्य उद्देश्य सांघाइ कोअपरेसन अर्गनाइजेसन (एससीओ) का सदस्य राष्ट्रको आतंकवाद विरुद्धको सहकार्य अभिवृद्धि गर्नु हो । भारत र पाकिस्तानका सैनिकहरुले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सँगै काम गरे पनि संयुक्त सैन्य अभ्यास हुन लागेको भने ती राष्ट्रहरु स्वतन्त्र भएपछि नै पहिलो पटक हो ।

उक्त कार्यक्रममा भारत र चीनबीच रोकिको द्विपक्षीय सैन्य अभ्यास पनि नियमित हुने अनुमान गरिएको छ । जुन गत वर्ष डोकलाम घटनापछि रोकिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको अनौपचारिक कुराकानीमा दुबै नेताले आपसी समझादारी कायम गर्न, सञ्चार सम्पर्क बलियो बनाउन र सीमा क्षेत्र व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका थिए । सांघाइ कोअपरेसन अर्गनाइजेसनको स्थापना सन् २००१ मा भएको हो । हाल यसको अध्यक्षता रसियाले गरेको छ ।

प्रकाशित मिति : २०७५, १६ बैशाख आईतबार  ५ : ४३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि