२०८१, ७ कार्तिक बुधबार

काभ्रेको पनौतीमा पर्यटन महोत्सव र बनेपामा कृषि मेला जारी

काभ्रेको पनौतीमा पर्यटन महोत्सव र बनेपामा कृषि मेला जारी


काभ्रेको दुई नगरपालिकामा आइतबार पनि महोत्वस र मेला जारी छ । पनौतीमा विहावर पर्यटन महोत्सव चलिरहेको छ भने बनेपामा कृषि मेला । शनिबार सुरु भएको विहावर पर्यटन महोत्सव सोमबार सकिदैछ । पर्यटन महोत्सवमा जारी महोत्सवमा प्याराग्लाइडिङ देखि हाइकिङको आनन्द र ट्राउट माछा देखि गुन्द्रुक, ढिंडोको स्वाद आन्तरिक पर्यटकहरुले लिइरहेका छन् ।

पनौती नगरपालिकाको वडा नम्बर २ गुर्दुमडाँडाबाट प्याराग्लाइडिङमा उडन पाइन्छ । २४ सय मिटर उचाईमा रहेको गुर्दुमडाँडाबाट उडेको प्याराग्लाइडिङ पनौती नगरपालिकाको कै वडा नम्बर ३ घिमिरे गाउँमा अतवरण हुन्छ । उक्त डाँडाबाट अवतरण स्थलसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्ने गरेको पाइलटहरुले बताएका छन् । महोत्सव अवधिभर ३ हजार रुपैयाँमा प्याराग्लाइडिङ चड्न पाउने ब्यवस्था मिलाइएको छ ।
महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टल राखिएका छन् । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

यता जिल्लाको ब्यापारिक नगर बनेपामा चलेको कृषि मेलामा करेसाबारीमा लगाउने तरकारीका बीउ देखि दैनिक भान्सामा पाक्ने तरकारी किन्न पाइन्छ । जिल्ला भित्र उत्पादन भएका ताजा तरकारी किन्न मात्रै होइन् फलाउने तरकारी पनि सिक्न पाइन्छ, उक्त मेलामा । त्यस्तै कृषिलाई चाहिले आधुनिक औजार पनि किन्न पाइने ब्यवस्था आयोजकले मिलाएको छ ।

प्रकाशित मिति : २०७५, १६ बैशाख आईतबार  ५ : ०० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि