Logo

उपत्यका योगी किरण, योगीनी करिष्मा बनिन् 



बनेपा, बैशाख ९ । नेपाल योग खेलकूद संघ काभ्रेले उपत्यकाव्यापी योग खेलकूद प्रतियोगिता सम्पन्न गरेको छ । काभ्रेको बनेपास्थित काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लिको प्राङ्गणमा सम्पन्न गरेको प्रतियोगितामा विभिन्न उमेर समूहमा विभाजन गरि प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र तथा नगद सम्मान गर्दै युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले योग खेलकूदको विकासमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले योग खेलकूदका लागि रकारको तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताए । कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले योग हरेक व्यक्तिले गर्न सक्ने, कुनै उमेर समूहले नछेक्ने हुँदा यसको विकासमा राज्यले सहयोग गर्ने बताउँदै आफुले योग खेलकूदको विकासमा अग्रसरता रहने बताए ।  दुई दिनसम्म चलेको प्रतियोगितामा ११ देखि १७ वर्षसम्मको उमेर समुह पुरुषमा काभ्रेका किरण न्यौपाने प्रथम हुँदा सोही उमेर समुहमा काठमाडौंका कविराज दंगाल द्धितिय भए । सोही उमेर समुहमा महिलातर्फ करिष्मा घिमिरे प्रथम र तुलसी महासेठ द्धितिय भईन् । सोही उमेर समुह अन्तर्गत पुरुष समुह तर्फबाट पुसत्य घिमिरे, मनिष श्रेष्ठ र विजय जिसी हुँदा महिलातर्फबाट करिष्मा घिमिरे, सपना महासेठ र तुलसी महासेठले टोली प्रथम भयो ।

त्यस्तै १८ देखि ४८ वर्ष उमेर समुहमा एकल पुरुषतर्फ गम्भिर श्रेष्ठ प्रथम हुँदा सोही उमेर समुहमा एकल महिलातर्फ रमा कार्की प्रथम भईन् । सोही उमेर समूह अन्तर्गत समुह पुरुषमा महेन्द्र राई, न्हुछेराम मानन्धर र प्रवास थापा मगर प्रथम भए । सोही उमेर समुहको महिला समूहतर्फबाट रमा कार्की अम्बिका पोखरेल र लक्ष्मी भण्डारीको समुह प्रथम भयो ।
त्यस्तै ५० भन्द बढी उमेर समुहमा पुरुष तर्फ एकलबाट कृष्ण प्रसाद नराल प्रथम हुँदा सोही उमेर समुहमा महिला एकल तर्फ अष्टलक्ष्मी श्रेष्ठ प्रथम भईन् । प्रतियोगितामा उपत्यकाव्यापी योगीको किरण न्यौपानेले चुमे भने उपत्यकाव्यापी योगीनीको उपाधी करिष्मा घिमिरेले चुमिन् ।

दुई दिनसम्म चलेको कार्यक्रममा नेपाल योग खेलकूद संघ काभ्रेका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जिल्ला समिति गठन भएको छ महिना पनि नपुग्दै उपत्यकाव्यापी योग खेलकूद गर्न सफल भएकोका खुशी व्यक्त गरेका थिए । संघको उपाध्यक्ष समेत रहेका प्रचार संयोजक भेषराज शाहले प्रतियोगीता सफल बनाउन सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार