२०८१, ७ कार्तिक बुधबार

बनेपामा कृषि प्रवद्र्धन ब्यापार मेला

बनेपामा कृषि प्रवद्र्धन ब्यापार मेला


जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपामा कृषि ब्यवसाय प्रवद्र्धन ब्यापार मेला हुने भएको छ । ३ दिनसम्म चल्ने महोत्सवको आयोजना काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि, सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेको हो । मेला बैशाख १५ देखि १८ गतेसम्म बेनपाको नयाँ तरकारी बजारमा चल्ने छ ।

महोत्सवमा एग्रोभेट, बिउबिजन, कृषि सामग्री, कृषि उपकरण, दुग्ध, फलफूल, माछा, मासु, अर्गानिक उत्पादनहरुको स्टल रहने छ । जिल्लाको कुल ३० हजार ४ सय ३९ हेक्टर जमिन कृषिले ओगटेको भन्दै यसलाई प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको काभ्रे कृषि बजार मिल्टपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए । “जिल्लाका धेरै कृषकहरु कृषिमा आबद्ध हुनुहुन्छ, उनले भने “हाम्रो जिल्लामा उत्पादन भएका धेरै कृषिका उपज बाह्य जिल्लामा समेत खपत भइरहेका बेला मेलाले यसलाई प्रबद्र्धन गर्न अझ मद्दत गर्नेछ ।” आर्थिक वर्ष २०७२÷७३ मा ९ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा ब्यवसायीक तरकारी खेतीगरी करिब ३० अर्बभन्दा बढी रकम भित्रिएको थियो ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ८ : ०४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि