२०८१, ७ कार्तिक बुधबार

काठमाडौंमा घर भएर पनि आवास सुविधा लिने सांसदको संसद् सचिवालयले विवरण माग्यो

काठमाडौंमा घर भएर पनि आवास सुविधा लिने सांसदको संसद् सचिवालयले विवरण माग्यो


काठमाडौं । संघीय संसद सचिवालयले काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन सचिवालयले आग्रह गरेको हो ।

सचिवालयले संघीय संसद  प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलव्ध गराउने ऐनमा व्यवस्था छ । यद्यपि, काठमाडौंमा घर भएका सांसदहरुले समेत सो रकम लिएको विवरण सार्वजनिक गरेपछि घर हुने सांसदको विवरण मागिएको हो ।

संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाब मिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुबिधा नपाउने सचिवालयका अधिकारीले बताए ।

काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलव्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा सांसदका लागि १८ हजार रुपैयाँ घरभाडा भने पर्याप्त नरहेको गुनासो घर नहुने सांसदहरुको छ ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ११ : ५० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि