२०८१, ७ कार्तिक बुधबार

रोशीमा बाम गठबन्धनले बुझायो ज्ञापनपत्र

रोशीमा बाम गठबन्धनले बुझायो ज्ञापनपत्र


कटुञ्जेबेशी । संयुक्त वाम गठबन्धनले रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालाई गाउँपालिको विकास निर्माण र जनजीवीकाका विभिन्न विषयहरुको उठान गर्दै ध्यानाकर्षस्वरुप ज्ञापनपत्र बुझाएको छ । गत आइतबार गाउँपालिकाको सभाकक्षमा नेकपा माओवादी केन्द्र रोशीका नेता उज्ज्वलद्वारा वाचन गरिएको ज्ञापनपत्र एमाले रोशीका नेता दिलिप तामाङले गाउँपालिका अध्यक्ष डीवी लामालाई बुझाएका थिए ।

गाउँ पालिका अध्यक्ष डीवी लामाले ज्ञापनपत्रलाई ग्रहण गर्दै यसको वुँदागत अध्ययन गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा सहभागी संयुक्त वाम गठबन्धनका नेता कार्यकर्ताहरुलाई सम्बोधनका साथ गरेका थिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा वाम गठबन्धनका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । गठबन्धनको तर्फबाट दिलिप तामाङ, उज्ज्वल लामा, विकास लामा लगायतको हस्ताक्षर रहेको ज्ञापनपत्रलाई गाउँपालिका अध्यक्ष डीवी लामाले कार्यकारी अधिकृतलाई गाउँ कार्यपालिकामा पेश गराउन आदेश गरेका थिए ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  १० : १४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि