२०८१, १० बैशाख सोमबार

ओलीको असलि ‘राष्ट्रवाद’ भारत पुगेपछि देखियाेः काँग्रेस नेता सिंह

ओलीको असलि ‘राष्ट्रवाद’ भारत पुगेपछि देखियाेः काँग्रेस नेता सिंह


नेपाली कांग्रेसका नेता   प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ भारत पुगेपिछ छर्लङग भएको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे। ‘विगतमा उहांको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताए । ‘उहाँले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिन्छ ।’ नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए । तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने बताए ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  १ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने