Logo

धुलिखेलसम्मका यात्रुको बस भाडा खै त घटेको ?



मयूर यातायात प्रालिले साबिकको भन्दा कम भाडा दरमा बनेपा–कोठेश्वरसम्म बस सञ्चालन गरेपछि काभ्रेका बस ब्यवसायीहरु आन्दोलित भए । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले चैत २१ गते आफ्ना सबै सवारी साधान बन्द गरे ।  त्यहि दिन सरकारले रुट परमिट खुल्ला गर्यो र मयूरसँग थपिए अन्य ४ वटा बस कम्पनी । मयूरले सेवा सुरु गर्दा नै बनेपा काठेश्वरसम्म काभ्रेका बस ब्यवसायीहरुको भन्दा १० रुपैयाँ कम भाडा तोकेको थियो । एकैदिन पाँच नयाँ कम्पनीलाई धुलिखेलसम्मको रुट परमिट सरकारले दिएपछि काभ्रेका बस ब्यवसायीहरुले पनि मयूरकै भाडा दरमा २२ गतेदेखि बस सञ्चालन गरिरहेका छन् ।

अहिले काभ्रेका बस ब्यवसायीहरुले बनेपा देखि पुरानो बसपार्कसम्मको भाडा ४० तोकिएका छन् । यसअघि ४५ रुपैयाँ थियो । त्यस्तै बनेपा देखि काटेश्वरसम्म ३५ तोकेका छन् । पहिले ४५ रुपैयाँ थियो । त्यस्तै बनेपा देखि सुर्यविनायकसम्म २० रुपियाँ नयाँ भाडा तोकेका छन् । पहिला २५ रुपियाँ थियो । तर धुलिखेलसम्मको भाडा न मयूरले घटाएको न त काभ्रेका ब्यवसायीले नै ।

अब यो नक्सामा हेर्नोस् ।

कोटेश्वर देखि रत्नपार्कसम्मको दुरी ।

यो गुगलबाट लिएको नक्सा अनुसार कोटेश्वरबाट पुरानो बसपार्क पुग्न ५.९ किलोमिटर दुरी छ । अहिलेको भाडा दर अनुसार कोठेश्वरबाट ५ रुपियाँ तिरेपछि पुरानो बसपार्क पुगिन्छ ।

अब अर्को नक्सामा हेरौँ

बनेपा देखि धुलिखेलसम्मकाे दुरी

यो पनि गुगलबाटै लिइएको नक्सा हो । यसमा धुलिखेल देखि बनेपासम्मको दुरी ४.५ किलोमिटर दुरी मापन गरिएको छ । तर भाडा भने १० रुपैयाँ लिइरहेका छन् । बसका सहचालकहरुले धुलिखेलबाट काठमाण्डौसम्म चडेबापत ५० रुपैयाँ भाडा अहिले पनि लिइरहेका छन् ।

काठमाण्डाै रत्न पार्क देखि धुलिखेलसम्मकाे दुरी

प्रश्न यहाँ निर छ कि कोठेश्वरबाट पुरानो बसपार्कसम्मको ५.९ किलोमिटर चाँहि ५ रुपियाँमा पुर्याउने । धुलिखेल देखि बनेपासम्मको ४.५ किलोमिटर दुरीमा किन साविककै भाडा ?  काभ्रे बस ब्यवसायी संघका अध्यक्ष दिल बहादुर शाहिले धुलिखेल देखि काठमाण्डाैसम्मकाे भाडा ५० रूपैयाँ नै रहेकाे बताए । “मयूरले भाडा घटायो भनेर हामीले भाडा घटाएका होइनौँ, उनले भने “सित्तैमा यात्रु बोक्न सकिदैन” । यसले पनि के पुष्टि गर्छ भने काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिले यसअघि मनपरी भाडा असुल्दै आइरहेका थिए । जब मयूरका बसले तोकेकै भाडामा अहिले बस चलाउन रहेछ भने किन यात्रुलाई बढी भाडा लिइयो ? यो प्रश्नमा अध्यक्ष शाहिले कुनै उत्तर दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार