२०८०, १५ चैत्र बिहीबार

जनप्रतिनिधि कर्मचारी होइनन्, जनतासँगै हुनुपर्छः उपप्रमूख गौतम

जनप्रतिनिधि कर्मचारी होइनन्, जनतासँगै हुनुपर्छः उपप्रमूख गौतम


जिल्ला समन्वय समिति काभ्रेकी उपप्रमूख मञ्जु गौतमले निर्वाचित जनप्रतिनिधिहरु जनताको हरेक सःख, दुःखमा साथै रहनुपर्ने बताएकी छिन् । उनले कार्यालय समय बाहेक पनि जनप्रतिनिधिहरुबाट जनताले सेवा पाउनु पर्ने बताइन् । कर्मचारीको जस्तो निश्चित समय मात्रै काम गर्नेु पर्छ भन्ने मानसिकता त्याग्नु पर्ने भन्दै जनताले खोजेको बेलामा भेट्न पाउनुपर्ने उनको भनाई छ ।

शुक्रबार धुलिखेलमा सामुदायिक सारथी नामक एक गैरसकारी संस्थाको कार्यक्रममा उनले सबै कुरामा आफु अब्बल र जान्ने छु भन्ने मान्यता नलिन समेत जनप्रतिनिधिहरुलाई आग्रह गरिन् । “हामी देश सञ्चालनको नयाँ अभ्यास गरिरहेका छौँ, पहिलेको जस्तो अवस्था छैन, उनले भनिन् “नजानेको कुरा सिक्ने र ब्यवहारमा लागु गर्नुपर्छ ।” साथै उनले भूकम्पप्रभावितहरुको समस्या समाधानको जिम्मा जनप्रतिनिधिहरुलाई सुम्पन खोजेर पुननिर्माण प्राधिकरण पञ्छिन खोजेको आरोप समेत लगाइन् । “सुरुमा राज्यले के भनेर सम्झौता गरेको थियो, सम्झौता पालना नभए त्यहि अनुसार कारबाहि गरोस, उनले भनिन्, “जनप्रतिनिधिको काधमा समस्या थुपारेर प्राधिकरण उम्कन मिल्दैन् ।”

सारथीले अहिले जिल्लाको रोशी गाँउपालिका र पनौती नगरपालिकामा पारस्पारिक जवाफदेहिता परियोजना सञ्चालन गरिरहेको छ । यी दुई स्थानीय तहमा भूकम्पप्रभावितको गुनासो सम्बोधनका लागि गुनासो ब्यवस्थापन समिति गठन, सुशासन प्रबद्र्धन समिति निर्माण, वडाध्यक्ष देखि गाउँपालिका र नगरपालिकाका प्रमूख, उपप्रमूखलाई सुशासन र जवाफदेहिताका बारे आवश्यक सहयोग गर्दै आएको परियोजनाका जिल्ला संयोजक राजाराम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  ५ : ३७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय