२०८१, ७ कार्तिक बुधबार

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा


मनाङ–मर्स्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । खेलमा मनाङलाई जिताउनेक्रममा अन्जन विष्टले दुई गोल गरे भने पराजित पुलिसका तर्फबाट तेज तामाङले एक गोल फर्काए । खेलको ‘म्यान अफ दी म्याच’ पनि अन्जन विष्ट नै घोषित भए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलमा विजयी हुँदै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं, रुपन्देहीको सुनौलो संगम क्लब र थ्रीस्टार क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शुक्रबार मदन भण्डारी एकेडेमी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ५९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि