२०८१, ७ कार्तिक बुधबार

धुलिखेलमा सडक खाना महोत्सव हुने

धुलिखेलमा सडक खाना महोत्सव हुने


नयाँ वर्ष २०७५ मा धुलिखेल घुम्न आउने पर्यटकलाई लक्षित गरि सडक खाना महोत्सव हुने भएको छ । धुलिखेलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरिदिएको जानकारी अनुसार चैत ३० र बैशाख १ गते सडक खाना महोत्सव चल्नेछ ।

धुलिखेलको पुरानो बजारको समेत प्रवद्र्धन गर्ने गरी सोहि स्थानमा महोत्सव चल्ने धुलिखेल पर्यटन मेला तथा सडक खाना महोत्सव संयोजन समितिका संयोजक श्रवण कुमार तखाछेले जानकारी दिए । धुलिखेलभित्र रहेका विभिन्न ३८ वटा क्लब, समूह मिलेर आयोजना गरिने महोत्सवको मूख्य आयोजक भने धुलिखेल नगरपालिका रहेको छ ।

महोत्सव अवधिभर नेवारी, तामाङ, गुरुङ समुदायका खानाका साथै धुलिखेलमा सञ्चालनमा रहेका होटलहरु खानाका परिकार सहित ४० वटा स्टल रहने छ । खाना बाहेक नवदुर्गा, कृष्ण, भगवती जात्रा र गठेमंगल समेत प्रर्दशन गरिने महोत्सव ब्यवस्थापन समितिका सदस्य समिर ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

९ लाख ४२ हजार ५ सय लगानी हुने उक्त महोत्सवमा १० हजार अन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने बताइएको छ । “यो महोत्सवले धुलिखेलको अस्तिव नै मेटिन लागेको पुरानो बजारलाई संरक्षण गर्न ठूलो मद्दत पुग्ने छ,संयोजक तखाछेले भने “गुठी, सुकुल भोज, केराको म.म लगायत विभिन्न जातजातिको खाना महोत्सवको आकर्षण हो ।” महोत्सवमा धुलिखेलको सामाजिक र साँस्कृतिक पक्ष झल्कने पुरानो फोटो समेत प्रर्दशन गरिने भएको छ ।

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ५ : २२ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि