२०८१, ७ कार्तिक बुधबार

देउपुरमा चोरी गर्ने प्रहरी फन्दामा

देउपुरमा चोरी गर्ने प्रहरी फन्दामा


बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले काभ्रेको देउपुर नगरपालिका वडा नं. २ का सानुकान्छा तामाङको पसल चोरी गर्नेलाई सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको होण्डा कम्पनीको कार प्रयोग गरी चोरी गरिएको देखिएको छ । चोरी कार्यमा संलग्न भएका भक्तपुर चाँगुनारायण नगरपालिका–६ बस्ने वर्ष २३ का लक्षु कार्की र सोही स्थान बस्ने वर्ष २२ का गणेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर हिजो सार्वजनिक गरेको हो । गत शनिबार तामाङको पसलबाट ३ लाख रुपियाँ चोरी भएको जाहेरी सानुकान्छा तामाङले दिएका थिए ।
उनीहरु २ जनाको संलग्नतामा बा ७ च ४२ नम्बरको कालो रङ्गको कार प्रयोग गरी चोरी गरेपछि प्रहरीलाई उपलब्ध गराइएको सूचनाका आधारमा काभ्रेको नाला र भक्तपुर नगरकोटको प्रहरीले संयुक्त रुपमा पक्राउ गरेको थियो । प्रहरीलाई चोरी गरेर फर्कंदै गर्ने क्रममा खबर गरिएपछि चोरीमा संलग्न लक्षु कार्कीलाई प्रहरीले पक्राउ ग¥यो र उसैको सहयोगमा गणेश तामाङलाई पक्राउ गरेको बनेपा प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ६ हजार २ सय ६७ नेपाली रुपियाँ, १२ सय १० विदेशी मुद्रा, २१ सय १० भारतीय रुपैयाँ, मोवाइल ३ थान, होण्डा कम्पनीको आइटेन कार १ थान बरामद गरेको छ । चोरीमा संलग्नहरुमाथि प्रहरीले चोरीको महल अन्तर्गत मुद्दा दायर गर्दै अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ८ : ०० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि