Logo

वौद्धिकताको खानी रामप्रसाद सरको २७ वर्ष



शिक्षण पेशा पेशाहरुमध्येकै अब्बल पेशा हो । त्यही अब्बल पेशामै तेमाल सस्र्युखर्कका रामप्रसाद पाण्डेले २७ वर्ष बिताइसकेका छन् । उनी धुलो र कालो पाटीमा अक्षराम्भ गर्ने पालका विद्यार्थी । उनी विद्यार्थीबाट शिक्षक भएर शिक्षण थाल्दाको समय र अहिलेको समयको पठनपाठनमा निकै अन्तर आएको अनुभव छ उनीसँग । पहिलेका शिक्षक÷शिक्षिक हातमा लठ्ठी लिएर कक्षामा कोठामा प्रवेश गरेको झल्को अहिले पनि आउँछ पाण्डेलाई ।

तर त्यस्तो अवस्था अहिले छैन । कडा अनुशासनमा राखेर अध्यापन गराउनेदेखि धमाधम कक्षा चढाउने दुबै समयलाई व्यहोरेका छन्–उनले ।  तेमाल गाउँपालिका वडा नम्बर १ पोखरी पानीमा २०२१ साल फागुन २१ गते जन्मिएका पाण्डेलाई बुबा धर्मप्रसाद पाण्डे र आमा धनलक्ष्मी पाण्डेले जन्म दिएकी थिइन् । उनी परिवारको एक्लो छोरा ।

एस.एलसीसम्मको अध्ययन पूरा गरेपछि पाण्डेले २०३९ सालबाट पठनपाठन सुरु गरेका थिए । अध्यापनमा प्रवेश गरेको नारायणस्थान प्राविमा तीन वर्ष विताएपछि सस्यूर्खक गाविसको पञ्चकन्या प्रावि हाल आधारभूत विद्यालयमा २०४२ सालदेखि उनी निरन्तर कार्यरत छन् ।  वौद्धिकताको विकासका लागि शिक्षा अपरिहार्य भएकाले त्यसका लागि विद्यार्थीहरु लगनशील हुनु भएर अध्ययनमा लाग्नुपर्ने उनको बुझाई छ ।

सस्र्यूखर्कमा रहेको जनचेतना निमाविबाट अध्ययन शुरु गरेका उनले त्यहाँ कक्षा ७ सम्मको अध्ययन पूरा गरेपछि पाँचखालमा रहेको सर्वमंगला माविबाट एस.एलसी उत्तीर्ण गरेका थिए ।  पहिलेका बालबालिका शिक्षकसँग बोल्न नै असहज मान्थे । अध्यापनमा पनि भाषिक समस्या धेरै हुन्थ्यो । बुझाउन निकै कठिन पथ्र्यो । तर अहिले त्यस्तो असहज छैन । बालबालिकाहरु आपूmलाई भएको समस्या शिक्षक÷शिक्षिकासँग आफ्नै अभिभावकसँग जसरी राख्छन् । बालबालिकाहरुले टेलिभिजन हेर्छन् र पत्रपत्रिका पढ्छन् । यसबाट पनि धेरै कुरा पहिले नै उनीहरुले सिकिसकेका हुन्छन् जसले पर्दा कक्षा कोठामा पठनपाठन गर्न सजिलो भएको अनुभव उनले गरेका छन् ।  उनले शिक्षक र विद्यालय प्रशासक दुबैको जिम्मेवारी वहन गर्ने अवसर पाए ।

२०६३ सालदेखि पञ्चकन्या आधारभूत विद्यालयको प्रधानाध्यापकका रुपमा उनले काम गरिरहेका छन् । प्रधानाध्यापक हुँदा शिक्षकभन्दा अझ बढी जिम्मेवारी हुन्छ । विद्यालयको शैक्षिक गुणस्तरदेखि शिक्षक÷शिक्षिका, अभिभावकसम्म र आसपासका विद्यालयसँगको प्रतिस्पर्धालाई समेत ध्यानदिएर काम गर्नुपर्ने हुन्छ । शिक्षकलाई आफ्नो दैनिक क्रियाकलाप गर्दा हुन्छ तर, प्रधानाध्यापक भएपछि त्यसको अतिरिक्त अन्य विद्यालय प्रशासनका धेरै काम गर्नुपर्छ । तालुकदार निकायको निर्देशन मान्नेदेखि अन्य गैह्रसरकारी संघ÷संस्थाहरुसँग शैक्षिक गुणस्तरका लागि संयोजनकारी भूमिका प्रधानाध्यापकले नै खेल्नुपर्ने हुन्छ । त्यस्तै अन्य विद्यालयले अवलम्वन गरेका कति राम्रा कुरालाई पनि आफ्नो विद्यालयमा लागू गर्ने मामिलामा पनि प्रधानाध्यापकले खास ख्याल गर्नुपर्ने हुन्छ ।

यी र यस्तै कामलाई कुशलतापूर्वक सम्हाल्दै आएका पाण्डे प्रधानाध्यापक भएपछि पनि अध्यापनमा नियमित देखिन्छन् । कतिपय प्रअहरुले आपूmलाई विद्यालय प्रशासनमा मात्रै सीमित गराएर कक्षा कोठामा गएको देखिंदैन । त्यसो त प्रअको दायित्व भनेको विद्यालयमा पढाइरहने वातावरण मिलाउनु पनि हो । विद्यालय सेवा क्षेत्रभित्रका बालबालिका र अभिभावकलाई साथैमा लैजान सकियो भने मात्रै विद्यालय सवल र सक्षम बनाउन सकिने उनले अध्यपनको जीवनबाट अनुभव संगालेका छन् ।

उनी भन्छन्, जिन्दगी भनेकै अध्ययन हो । हामीले यही जीवनमा अनेकन ज्ञान, सिप हाँसिल गरिरहेका हुन्छौं । कितावी ज्ञान आफ्नो ठाउँमा छ । कितावी ज्ञान एउटा तह निर्धारण गर्ने पक्ष मात्रै हो तर, सामाजिक ज्ञानबाट मान्छेले बहुआयामिक पक्षको ज्ञान, सीप हासिल गरिरहेको हुन्छ ।  हामी विवाहमा जाँदा एकथरिका मान्छेसँग भेट्छौं । त्यहाँबाट त्यस्तै ज्ञान लिइन्छ । त्यसैगरी मलामी जान्छौं, त्यहाँ त्यहि किसिमको ज्ञान पाइन्छ । विवाहमा जाँदा हास्छौँ र रमाउँछौँ भने मलामी जाँदा हामी शोकमा, हुन्छौं र निराश हुन्छौं । यो पनि हाम्रो सिकाई नै हो । मलामी जाँदा हाँस्ने, रमाउने र विवाहमा जादा शोकमा डुबेझै निराश भएर कोही पनि बस्न सक्दैन । यो नै जीन्दगीको सामाजिक सिकाई हो ।

शिक्षण सिकाई क्रियाकलापलाई कक्षा कोठाभित्र सीमित गर्नु हुँदैन । यसलाई बाहिरी ज्ञानसँग जोड्न सकेनौँ भने शिक्षा एउटा सटिफिकेटमा मात्रै सीमित रहन्छ । शिक्षाले त मानिसको जीवन परिवर्तन गराउन सक्नुपर्छ । अन्यथा शिक्षा हासिल गर्नुको कुनै अर्थ रहदैँन । त्यसैले शिक्षालाई समाज सुहाउँदो बनाउन जरुरी छ । शिक्षाले बेरोजगारको संख्या बढाउनु हँुदैन । त्यसका लागि रोजगार मुलक शिक्षा प्रदान गर्न आवश्यक छ । सानो कक्षादेखि नै प्राविधिक शिक्षामा जोड दिइयो भने ठूलो कक्षामा पुगेपछि झनै सजिलो हुन्छ । बालबालिकाको रुची, भावना, क्षमता र आवश्यकता बुझेर शिक्षण सिकाई क्रियाकलाप गर्ने हो भने बालबालिकालाई घरमा बस्न खासै मन लाग्दैन । अनि विद्यालयको वातावरणमा पनि उनीहरु सुहाउँदो बनाउन सकियो भने उनीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन थप मद्दत पुग्छ । यसका लागि शिक्षक, अभिभावकसँगै शिक्षासँग सरोकार राख्ने सबै पक्षको मत एकै हुन आवश्यक भएको पाण्डे बताउँछन् ।

पाठ्यक्रम र पाठ्यपुस्तकदेखि नै शिक्षण पद्धति नै परिवर्तन गर्न आवश्यक छ । यदि परिवर्तन गरिएन भने बेरोजगार समस्या झनै विकराल बन्नसक्छ । जस्तो कि कुनै ब्यक्तिले एमए ग¥यो जागिर पाएन । उसलाई हलो जोत्न पनि आउँदैन । अब यस्तो शिक्षाले खासै अर्थ राख्दैन । सटिफिकेट दराजमा थन्क्याएर राख्न बाहेक अरु कुनै उपाय नहुन सक्छ । त्यसैले वर्तमान शिक्षा प्रणालीमा व्यवहारिक शिक्षा समावेश गर्न जरुरी छ जसले शिक्षा आर्जन गर्नेको जीवनलाई दिइएको शिक्षाले जीवन निर्वाह गर्नमा सजिलो बनाओस । पाण्डे भन्छन्, अभिभावकहरु पनि त्यस दिशातर्फ सचेत हुन अति आवश्यक छ । किनभने विद्यालयमा भन्दा बढी समय त आफ्नो अभिभावकसँग ती बालबालिका रहेका हुन्छन् । त्यहाँ राम्रो कुरा सिकाई भयो भने विद्यालयमा पनि उसले त्यही अनुसारको ब्यवहार गर्छ । बालबालिकाहरुलाई अभिभावकले सधै पढ् मात्रै भनेर पनि हुँदैन । उनीहरुको भावना बुझेर बेलाबेला घुमाउन लैजाने, गाउँमै हुने जात्रा, मेला, पर्वमा सहभागी गराउने । त्यसका बारेमा आपूmले भनिदिने । बालबालिकाले सोधेको जवाफ नझर्किकन भनिदिने । आफूले जानेको छैन भने पनि शिक्षकसँग सोधेर उनीहरुको जिज्ञासा तत्काल मेटाइदिनुपर्छ । जसले गर्दा बालबालिकाहरुले बुझ्न खोजेको कुरा छिट्टै बुझुन् । यसबाट उनीहरुको सिकाईमा सुधार हुने उनी बताउँछन् ।

शिक्षकहरु पनि वालमैत्री पठन÷पाठनमा केन्द्रित हुनुपर्छ । शिक्षकले लगाउने पोशाक, बोल्ने तरिका बालबालिकाले पनि नक्कल गर्न सक्छन् । त्यसैले शिक्षक हमेशा यस्ता कुरामा सचेत रहनु पर्ने उनी सुझाउछन् । चुरोट खानु हुदैँन भनेर कक्षामा सिकाउने अनि विद्यालयको क्यान्टिन, बजार लगायतका बालबालिकाहरुले देख्ने र भेट्ने ठाउँमा बसेर चुरोट खाने गर्नु गलत हो । यसको असर कलिलो मस्तिष्कमा पर्छ नै ।

त्यस्तै शिक्षकले आफ्नो दैनिक आचरण पनि बालमैत्री बनाउन आवश्यक छ । कक्षाभित्र पढाइ रहँदा कितावी अभ्यासमा मात्रै केन्द्रित हुनुहुँदैन । सिकाउने अनेक तरिकाहरु छन् । खेल विधि, मनोरञ्जन विधिबाट बालबालिकालाई पाठभित्रकै कुरा मज्जाले सिकाउन सकिन्छ । दैनिक पाठ योजना बनाउने, त्यसमा स्थानीय स्तरमै उपलब्ध हुने शैक्षिक सामग्रीहरु प्रयोग गरेर शिक्षण सिकाई क्रियाकपाल अघि बढाउने हो भने बालबाकिलालाई बुझ्न पनि निकै सजिलो हुने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार