Logo

मयुर यातायातको सुविधाः आमाबच्चा सिट देखि निःशुल्क यात्रासम्म



बनेपादेखि काठमाडौको चक्रपथसम्म सिधा यातायात सुचारु गरेको मयुर यातायात प्रा.लिले यात्रुहरुलाई विभिन्न सुविधा दिएको छ । हाल २४ वटा बस सञ्चालनमा रहेका छन् । बनेपाबाट काटेश्वरसम्म ३५ रुपैयाँमै यात्रा गर्न पाइन्छ । यसमा कार्डको छुट पनि पाइन्छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवसायी समितिले पनि कार्डको छुट त दिएका छन् तर बनेपादेखि कोठेश्वरसम्म ४५ रुपैयाँ भाडा तिर्नुपर्छ । भाडा ४२ रुपैयाँ भएपनि यी दुई समितिका सहचालकले ३ रुपैयाँ यात्रुलाई कहिल्यै फिर्ता दिदैँन् ।

 

बिहान साढे ५ बजेदेखि बेलुका ६ बजेसम्म बनेपाका लागि गाडी छुट्ने ब्यवस्था मिलाइएको मयूर यातायात प्रा.लिका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए । १५ वटा बस ४२ सिटका रहेका छन् । ९ वटा बस ३७ सिट संख्याका छन् । “यो हाम्रो सुरुको बसहरु हुन्, उनले भने “छिट्टै बस संख्या थपेर यात्रुहरुलाई सुविधा दिन्छौँ ।”

आमाबच्चा सिट
मयूर यातायात प्रालिले पहिलो पटक आमाबच्चा सिट राखेर बस सञ्चालनमा ल्याएको छ । दुई वटा सिट आमाबच्चाका लागि छुट्याइएको छ । समितिले यसका अलवा अपाङ्ग, अशक्त र महिला सिट राखेको छ । “महिला सिट मात्रै राख्दा बच्चा बोगेर आउँने आमाहरु सधै उभिएको देखेर, आमाबच्चा सिट राखेका हौँ, समितिका अध्यक्ष श्रेष्ठले भने “यात्रुहरुको सुविधालाई कुनै पनि अवस्थामा कमी हुन दिने छैनौँ ।” मयुरमा ७० वर्ष पुरा गरेको बृद्धबृद्धा, अपाङ्ग यात्रुले निःशुल्क यात्रा गर्न पाउँछन् । त्यस्तै ६० वर्षपूरा भएपछि बृद्धबृद्धाको परिचयपत्र बनाएका समुदायको यात्रुले आधा मात्रै भाडा तिर्नुपर्छ । मयुरका बसमा सित्तैमा वाईफाई समेत चलाउन पाइन्छ । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवसायी समितिको गाडीमा अपांङ, महिला र ज्येष्ठ नागरिक सिट मात्रै छन् ।

पुरानो समिति आत्तियो
सुविधा युक्त नयाँ समितिका बस सञ्चालनमा आएपछि पुराना दुई यातायात ब्यवसायीहरु आतालिएका छन् । काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनीबस ब्यवासयी समितिले मयुर यातायातमा यात्रु चढ्न नदिने देखि ढुंगा मुढा प्रहार गर्ने जस्तो काम गरेर उडण्ड मच्याइरहेका छन् ।

प्रतिस्पर्धा गर्नु त कहाँ हो कहाँ । मयुरका गुडी रहेका गाडीलाई बाटो छेक्ने देखि चढिसकेको यात्रु ओरार्लन समेत यी दुई समितिका पदाधिकारी पछि परेका छैनन् । पुरानो र पश्चिममा रात्री सेवा दिएर थोत्रो भइसकेका गाडी काभ्रे बस ब्यवसायी समितिले धुलिखेल काठमाण्डौ चलाई रहेको छ । सिट कहिल्यै सफा गर्दैनन् । सिटको आकार पनि उस्तै सानो छ ।

रमिते प्रहरी
सरकारले कुनै पनि ठाउँमा सिन्डिकेट लगाउन नपाउने भनेको छ । तर सरकारको निकाय प्रहरी प्रशासन भने नयाँ यातायात समितिको गाडीमा ढुंगा, मुढा हुदाँ पनि नदेखे, नसुने झै बस्ने गरेको छ । बनेपाको चारदोबाटो जस्तो ब्यस्त सडकको बीच भागमै आएर गाडी रोक्दा पनि कुनै प्रकारको एक्सन नलिनुले पुराना ब्यवसायी र प्रहरीबीचको साठगाँठ छताछुल्ला भएको छ । प्रहरीकै मिलेमात्तोमा पुरानो ब्यवासी नयाँ यातायात ब्यवसायीलाई पेल्ने काम भइरहेको भन्दै सामाजिक सञ्जालमा यसको तीब्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार